फर्मूृला वान च्याम्पीयन ‘लुइस हेमिल्टन’ले मर्सिडिज छोड्दै

काठमाडौं । सात पटक फर्मूला वान वर्ल्ड च्याम्पियन लुइस हेमिल्टनले जर्मन कार कम्पनी मर्सिडिज छाडेर सन् २०२५ बाट इटालियन कार फरारी चलाउने भएका छन् ।

हेमिल्टनको मर्सिडिजसँगको सम्झौता सन् २०२५ मा सकिने भएता पनि अगाडि नै लुइसले फरारी जोइन गर्ने भएका हुन् । फरारीले गत विहिबर लुइस हेमिल्टनसँग बहुवर्षिय डिल गरेको घोषणा गरेको थियो ।

हेमिल्टनले १०४ पोल पोजिसनमा १०३ रेकर्ड बनाएका छन् । उनको रेकर्ड सातवटा वर्ड रेकर्ड राख्न सफल विश्व प्रसिद्ध चालक माइकल सुमेकरसँग टाइ भएको छ ।

हेमिल्टनले सन् २०१३ मा म्याकलरेन छाडेर मर्सिडिज जोइन गरेका थिए । उनले जीतेका १०३ मध्ये ८२ वटा मर्सिडिज टिमसँग रहेको थियो ।


Back_to_top