टाटा कर्भको धेरै फिचर सार्वजनिक, मोटर पावर कति ?

काठमाडौं । टाटा मोटर्सले आगामी अगस्ट ७ मा लन्च गर्न लागेको नयाँ मोडल टाटा कर्भ मोडलको धेरै कुरा बाहिर आएका छन् । टाटाले कुपे डिजाइनमा तयार पारेको कर्भ पेट्रोलियम पदार्थ र ईभी दुई अप्सनमा आउने भएको हो ।

सुरुमा ईभी आउने र त्यसपछि मात्रै आईसीइ इन्जिनमा कर्भ एसयूभी आउने छ । यसको ईभी र आईसीइ दुबै मोडलको डिजाइन ल्याङ्वेज समान हो । टाटाले नयाँ ईभी आफ्नो ‘सेकेन्ड जेनेरेसन प्लेटफर्म’मा आधारित रहेर तयार गरेको हो । त्यसैले यसमा उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

टाटाले कर्भ ईभीलाई क्रियटिभ, इम्पावर्ड तथा फियरलेस गरी तीन भेरियन्टमा लन्च गर्नेछ । यसको लम्बाई ४३०८ एमएम, चौडाई १८१० एमएम र उचाई १६३० एमएम हुनेछ ।

मास मार्केट मोडलको रुपमा आउने कुपे एसयूभीको बाहिरी डिजाइन अनुसार फ्लस डोर ह्याण्डल, १८ इन्चको अलोय ह्वील, भोइस एक्टीभ पानारोमिक शनरुफ, मुड लाइटिङ जस्ता फिचर दिएको छ ।

यसको इन्टेरियरमा भेन्टीलेसन सहितको एड्भान्स कम्फर्ट सिट रहेको छ भने, ड्राइभर सिट ६ तरिकाले एड्जस्ट गर्न सकिन्छ । पछाडिको सिटमा समेत दुई पोजीसन ढाल्न सकिनेछ ।

नयाँ कर्भमा १२.३ इन्चको सिनेम्याटिक टचस्कृन दिएको छ । यसमा आईआरए कनेक्टेड कार टेक्नोलोजी सहितको, मल्टीपल भोइस असिस्टेन्ट वायरलेस चार्जिङ, जेस्चर एक्टीभेसन सहितको पावर टेलगेट जस्ता सेग्मेन्ट फस्ट फिचर छन् ।

एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टीभीटी, इन्फोटेन्मेन्ट सिस्टमसँगै ९ स्पीकर सहित उत्कृष्ट साउण्ड सिस्टम दिइएको छ । डाइनामिक गाइड लाइन सहितको रियर पार्किङ क्यामरा र भेहिकल टु भेहिकल तथा भेहिकल टु लोड चर्जिङ सुविधा उपलब्ध हुनेछ ।

सुरक्षाका लागि टाटा कर्भ ईभीमा ६ वटा एयरब्याग, चारै चक्कामा डिस ब्रेक, अटो होल्ड असिस्ट, ड्राइभर डोजअफ अलर्ट सहितको एड्भान्स इएसपी, लेबल २ एडास र एड्भान्स भेहिकल अलर्ट सिस्टम जस्ता अन्याधुनिक फिचर छन् ।

अन्य सेफ्टी फिचरमा आइएसओ फिक्स, सिटवेल्ट रिमाइण्डर, ३६० डिग्री क्यामरा, व्लाइण्ड स्पट मनिटरिङ सिस्टम रहको छ ।

टाटा कर्भ ईभी ‘एक्ट इभी प्लेटफर्म’मा बनेको हो । यसमा ७.२ किलोवाट क्षमताको चार्जर स्ट्यान्डर्ड रुपमा रहने छ । कर्भ ईभीमा ४०.५ किलोवाट र ५५ किलोवाट आवरको दुई ब्याट्री अप्सन उपलब्ध हुनेछ ।

कम्पनीले कर्भ ईभीमा रहेका अधिकांश फिचर बाहिर ल्याएपनि अहिलेसम्म मोटर पावरको विषयमा कुनै आधिकारीक जानकारी उपलब्ध गराएको छैन ।


Back_to_top