काठमाडौं । टाटा मोटर्सको बहुप्रतिक्षित कर्भ एसयूभी सार्वजनिक भएको छ । कम्पनीले आफ्नो पहिलो कुपे एसयूभीको बाहिरी डिजाइन सार्वजनिक गरेको हो ।
टाटाले कर्भको प्रोडक्सन भर्सनको तुलनामा केही फरक देखिने एक्सटेरियरमा यसलाई ल्याउने भएको हो । यसको एक्टेरियर क्यामेरा रेगुलर आउट साइड रियर भ्यू मिररमा दिएको देखिन्छ ।
कर्भ मोडलको डीआरएल लाइट बनेटमा नभई बम्परको टपमा दिइएको देखिन्छ । रियर स्पोइलर कन्सेप्टमा स्प्लीट रहेकोमा प्रोडक्सन भर्सनमा सानो साइजको सिंगल मात्रै देखिन्छ ।
कर्भको एक्टेरियर डिजाइन नेक्सनको जस्तै देखिएको छ । यसको ईभी र आईसीइ भर्सनमा केहि भिन्नता देखिन्छ । ईभी कर्भमा फ्रन्ट नोज माउण्टेड चार्जिङ पोर्ट छ । साथै, लोअर बम्परमा मल्टिपल भर्टिकल स्टाइल एलिमेन्ट्सहरु छन् । यसको पेट्रोल भर्सनमा होरिजेन्टल एलिमेन्ट्सहरु सानो साइजमा पाउन सकिन्छ ।
दुबै भर्सनमा हेडलाइट ट्रयाङगुलर डिजाइनमा छ । यसमा नेक्सन ईभीमा जस्तै डीआरएल यूनिट वारपार फैलिएको छ । साइडमाबाट भने कर्भको लुक्स नेक्सनको भन्दा निकै फरक देखिन्छ ।
स्क्वायर सेपमा सजिएको ह्वील आर्क, बाक्लो र लामो बडी क्लाइडिङ, ५ स्पोक अलोय ह्वील यसमा पाउन सकिन्छ । दुबै भर्सनमा फरक ह्वील दिइएको छ । ईभीको लागि एरोडायनामिक्स बनाउन ह्वील पनि बन्द गरिएको छ ।
रियरमा दुबै भर्सनमा रुफ माउण्टेड स्पोइलर, कनेक्टेड टेललाइट, लोअर बम्परमा सिल्भर ट्रिम तथा आईसीइ भर्सनमा भने एग्जस्ट पाइप मुनी लुकेको छ ।
टाटा मोटर्सले इन्टेरियर देखाएको छैन । तर, टु स्पोक स्टेरिङ ह्वील, फ्लोटिङ टचस्कृन, डिजिटल इन्ट्रुमेन्ट कन्ट्रोल, टच प्यानल कन्ट्रोल नेक्सनको जस्तै दिने अनुमान छ ।

टाटाको पहिलो कुपे एसयूभीमा भेन्टीलेटेड फ्रन्ट सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इन कार कनेक्टेड टेक जस्ता फिचर रहनेछन् । यसको इन्टेरियर कलर भने फरक रहनेछ ।
सुरक्षाको लागि यो गाडिमा ६ वटा स्ट्याडर्ड एयरव्याग, लेबर २ एडास फिचर रहनेछ । यसको ईभी भर्सनमा रहने ब्याट्री र मोटर साइजको विषयमा कुनै जानकारी प्राप्त भएको छैन । यद्यपि, कम्पनीले ५०० प्लस किलोमिटर रेन्ज आउने यसअघि नै जानकारी दिएको छ ।
त्यसैगरी पेट्रोलियम भर्सनमा भने १२५ पीएस पावर दिने १.२ लिटर डीआई टर्बो पेट्रोल इन्जिन तथा ११० पीएस पावर जेनेरेट गर्ने फोर सिलिण्डर टर्बो डिजेल इन्जिन अप्सन रहनेछ । कम्पनीले कर्भको मुल्य भने अगष्ट ७ तारिखमा बाहिर ल्याउने छ ।

