काठमाडौं । आजदेखि देशभरका टाटाका शोरुममा ‘टाटा ईभी अटो कार्निभल’ सुरु भएको छ ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणलाई मध्येनजर गर्दै देशभरका शोरुममा ईभी अटो कार्निभर सुरु गरेको हो ।
यस विशेष कर्निभलमा ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडीहरू टियागो, कर्भ, नेक्सन के ३ र पन्च ईभी एक्सचेन्ज तथा खरिद गर्न सक्नेछन् ।
यस अन्तर्गत ग्राहकहरूले १ वर्षको अटोप्लस बीमा, वार्षिक सवारी कर, निःशुल्क एसेसरिज, वारेन्टी अवधिभर निःशुल्क चार्जिङ सेवा, होम चार्जिङ बक्ससहितको जडान, र इम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले देशभरका टाटाको शोरुममा गई यी गाडीहरूको प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ, बुकिङ तथा गाडी मूल्याङ्कन गर्दा आकर्षक उपहारहरू समेत पाउने छन् ।
यस विशेष कार्यक्रमको बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले ‘कपल ट्रिप टु माल्दिभ्स’ जित्ने अवसर पाउने छन् ।
टाटा ईभी अटो कार्निभल साउन २५ गतेसम्म संचालन हुनेछ ।

