धादिङमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

फाइल तस्बिर

काठमाडौं । धादिङको गल्छी गाउँपालिका-६ जरेखेतमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान रूखसहितको पहिरो खसेपछि आवतजावत ठप्प भएको छ ।

पहिरोका कारण काठमाडौं आउने सवारीसाधन गजुरी र काठमाडौंबाट मुग्लिनतर्फ जाने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् ।

पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रहरीले जनाएको छ ।


Back_to_top