टाटा मोटर्स् नेपालको लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालीले दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम आयोजना गरेको छ । टाटा मोटर्सले दशैं तिहार लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि विभिन्न आकर्षक पुरस्कारहरु सहित योजना गरेको उक्त लक्की ड्र को माघ ३ गते काठमाण्डौंमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति सहित उपहार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा ग्राहकहरुको बाक्लो उपस्थिति रहेको थियो । बुटवल, हेटौंडा, इटहरी, नेपालगञ्ज तथा पोखरामा लक्की ड्र को कार्यक्रम पौष २१ गते आयोजना गरिएको थियोे । देशैभरबाट कुल १७३२ जना ग्राहकहरुले उक्त लक्की ड्र मा सहभागिता जनाएका थिए । जस मध्ये ७६ जना भाग्यशाली ग्राहकहरुले विभिन्न उपहारहरु तथा विदेश भ्रमणको अवसर प्राप्त गरेका छन् ।
कुल विजेता मध्ये १३ जना ग्राहकहरुले एलजीको ३१० लिटर क्षमताको डबल डोर फ्रिज, १३ जनाले एलजीको ८ केजी क्षमताको वासिङ्ग मेसिन, १३ जनाले सामसुङ्गको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ ईन्च फोर के इन्टरनेट टिभि र ७ जोडीले क्रुजमा घुम्ने अवसर प्राप्त गरेका थिए ।


