काठमाडौं । टाटा मोटर्सले आफ्नो ब्यवसायमा गेमचेन्जरको रुपमा आएको नेक्सनको अटोमेटिक भेरिएन्ट सार्वजनिक गरेको छ । नाडा अटोमा सार्वजनिक गरिएको यो कम्प्याक्ट एसयूभी पछिल्ला दिनमा नेपाली बजारमा निकै चर्चामा रहेको गाडी हो ।
कम्पनीले अटोमेटीक नेक्सन कारलाई ओरेन्ज कलरमा बजारमा ल्याएकाले यसलाई देखेर सजिलै छुट्याउन सकिने छ ।
काठमाडौंको जाममा म्यानुयल गाडीको झन्झटबाट मुक्त हुन चाहनेहरुले अटोमेटिक गाडी खोज्ने गरेका छन् । सबै किसिमका फिचर म्यानुयल जस्तै रहेको यो गाडीमा अटोमेटिक ट्रान्समिसन मात्र दिइएको छ ।
डिजाइन
टाटा नेक्सन एएमटीको डिजाइन अन्य म्यानूअल गाडीको जस्तै रहेको छ । कम्पनीले एएमटी भेरियन्टमा नयाँ ओरेञ्ज कलर अप्सन दिएको छ । ड्यूल–टोन अप्सनमा आएको यो गाडीको रुफमा रहेको सोनिक सिल्भर कलरले निकै आर्कषण बढाएको छ ।
फिचर
टाटा मोटरले टाटा नेक्सनको एएमटीलाई फुल अप्सन एक्सजेडए–प्लस ग्रेडमा बजारमा ल्याएको छ । जसमा म्यानुयल भेरिएन्टको एक्सजेड–प्लस ग्रेडमा भएका सबै सुविधाहरू समावेश गरिएको छ । टाटा नेक्सनमा मौसमअनुसारको सुरक्षाका लागि अटोमेटिक क्लाइमेट कन्ट्रोल सिस्टम राखिएको छ ।
त्यस्तै, यस गाडीमा अग्लो ड्राइभर सिट, फ्लोएटिङ ड्यासटप टचस्क्रिन इनफोटेनमेन्ट सिस्टम, ४ वटा स्पीकर, फोर–ट्वीटर, हर्मन साउन्ड सिस्टम, यूएसबी चार्जरलगायतका अन्य विशेषताहरू दिइएको छ । कम्पनीले नयाँ एक्सएमए ग्रेडमा एक्सएम ग्रेडको विशेषताहरूलाई नै राखेको छ ।
पावर
टाटा नेक्सन एएमटीमा म्यानुयल गाडीकै इञ्जिन दिइएको छ । १.५ लिटर रिभोटर्क टर्बोचार्ज फोर–सिलिन्डर डिजेल इञ्जिनले ११० पीएस पावरकासाथै २६० एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड अटोमेटिक म्यानूअल ट्रान्समिसन जडान गरिएको छ । १.२ लिटर पेट्रोल इन्जिन दिइएको अटोमेटीक गाडीले पनि १०८.५ पीएस पावर उत्पादन गर्छ ।
टाटा मोटर्सले नेक्सन अटोमेटिकमा दुई पेडल ट्रान्समिसन मोडल ‘हापड्राइभ’ र ‘सेल्फ–सिफ्ट गियर (एस–एसजी) को सुरुवात गरेको छ ।
ग्राउन्ड क्लियरेन्स
नेक्सनले २०९ एमएम ग्राउन्ड क्लियरेन्स दिएको छ, जसले खाल्डाखुल्डी भएका÷भत्किएका सडकमा पनि सहजरुपमा गुडाउन सकिन्छ ।
माइलेज
टाटा नेक्सन अटोमेटिकले प्रतिलिटर १९.४ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ ।
मूल्य
नेपाली बजारमा पेट्रोल भेरिएन्ट अटोमेटिकको मूल्य ४६ लाख ५६ हजार रहेको छ भने डिजेल भेरिएन्टको मूल्य ४७ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।


