काठमाडौं। नेपाल आयल निगमको दबाबपछि इन्डियन आयल कर्पोरेशनको रक्सौंल डिपोमा तेल ल्याउन ट्यांकर जान थालेका छन् ।
अहिले ट्यांकरहरु रक्सौंल जान थालेका छन । निगम र ट्याकरधनीको दबाबपछि रक्सौंल तेल लिन ट्यांकर जान थालेका हुन । अहिले केहि ट्यांकर गइसकेका छन् । अब सबै ट्यांकर संचालनमा आउँछ, चालकहरु तेल ल्याउन तयार भएका छन्।’ एक पेट्रोलियम ढुवानी व्यवसायीले भने । उनका अनुसार निगमले ट्यांकरनै कब्जामा लिएर चालकलार्इ कारवाही गर्ने चेतावनी दिएपछि ढुवानी सुचारु भएको हो।
रक्सौंल डिपोबाट तेल नआएका कारण काठमाडौं उपत्यका लगायतका विभिन्न जिल्लामा तेल अभाव सुरु भइरहेको छ । उपत्यका लगायतका जिल्लामा रक्सौंलबाटै बढी तेल आउने गर्छ । तीन दिन ढुवानी बन्द हुँदा अहिले उपत्यकाका अधिकांश पेट्रोल पम्पमा सवारी साधनको लामो लाइन छ।निगमले आपूर्ति सहज बनाउन निगमले वाइकलार्इ पाँच लिटर र कारलार्इ १५ लिटर मात्रै दिन पेट्रोल पम्पलार्इ निर्देशन दिएको छ। भाेलिदेखि पेट्रोलियम पदार्थ सहज हुने पनि िनगमले जानकारी दिएकाे छ ।

