टाटा नेक्सनमा आगलागी घटनाः यस्तो छ कम्पनीको प्रतिक्रिया

काठमाडौं । भारतीय कार निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गरेको इलेक्ट्रीक कार नेक्सनमा आगलागी भएको छ । मुम्बाईमा भएको उक्त दुर्घटनामा मानविय क्षती नभएपनि इलेक्ट्रीक कारको सुरक्षाका विषयमा नयाँ बहस सुरु भएको हो ।

सोसल मिडियामा सार्वजनिक भएको तस्विरलाई आधार मान्ने हो भने गाडी सडकमा गुड्दा गुड्दै आगो लागेको हुन सक्ने अड्कल काटिएको छ । किनभने गाडी पार्किङ गरिएको छेउमा नै गाडीहरु ठूलो हर्न बजाएर यता उता गरिरहेका छन् । यसले गाडी गुड्दा गुड्दै आगो लागेको आशंका गर्न सकिन्छ ।

आगलागीको घटनापछि टाटा मोटर्सले एक बक्तब्य जारी गरेको छ । कम्पनीले कारमा आगलागीको कारण पत्ता लगाउन काम अगाडि बढाइएको जाउँदै भनेको छ, ‘अहिले हामी यसको कारण खोजी रहेका छौं । विस्तृत विवरण आउने वित्तिकै त्यसलाई सार्वजनिक गर्छौ ।’

भारतमा अहिले करिब ३० हजार नेक्सन ईभी गुडिरहेका छन् । सवारी साधनमा आगलागी हुनु सामान्य भएपनि भारतमा उत्पादन भएको इलेक्ट्रीक कारमा पहिलो घटना भएकोले सोसल मिडियामा धेरै चर्चा भइरहेको छ ।

पछिल्ला दिनमा भारतभर इलेक्ट्रीक स्कुटरमा धेरै आगलागीका घटनाहरु भइरहेको भएपनि कारमा पहिलो पटक भएको हो । कमल जोशी नामको टुइटर ह्याण्डलबाट पहिलो पटक सेयर भएको भिडियोमा टाटा नेक्सन ईभीमा मुम्बईको वेस्ट वसई इलाकामा आगलागी भएको देखिन्छ ।


Back_to_top