टाटाको गेमचेञ्जर बन्यो ‘नेक्सन’, टोटल सेल्समा ५२% हिस्सा, कुन महिनामा कति बिक्यो ?

काठमाडौं । टाटा मोटर्सले ७ महिना अगाडि सार्वजनिक गरेको नेक्सनको कारण भारतीय बजारमा टाटाको बजार हिस्सामा नै परिवर्तन आएको छ । नेक्सनको सफलतापछि कम्पनीले आफ्नो सम्पूर्ण ध्यान कारको डिजाईनमा लगाइदिएको छ । 

यसमा कम्पनीले कति ध्यान दिन सुरु गरेको छ भन्ने कुराको प्रमाणको रुपमा केही दिन अगाडि चीनमा भएको वल्र्ड इन्डस्ट्रीयल डिजाइन कन्फ्रेन्समा टाटा मोर्टसका हेड डिजाइनर प्रताप बोसलाई सन् २०१८ को वर्ल्ड डिजाइनर अवार्डबाट सम्मानीत गरिएको थियो । 

टाटा मोर्टसले पछिल्ला दिनमा बनाएका कारमा विशेष गरेर डिजाइनमा ध्यान दिइएको छ । सन् २०१६ मा बजारमा आएको टाटा टियागो टाटाको सबैभन्दा मन पराइएको सानो कार थियो । अहिले टाटाको नेक्सन निकै मन पराइएको कम्प्याक्ट एसयूभी गाडी हो ।

टाटा नेक्सनको स्पेसिफिकेशन्स

टाटा नेक्सन कारमा १.२ लिटर पेट्रोल र १.५ लिटरमा डिजेल इञ्जिनमा उपलब्ध रहेको छ । यस कारमा ६.५ इञ्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । यस कारमा एन्ड्रोई अटो, एप्पल कार प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टीफङ्सन स्टेयरिङ ह्वील र पावर विन्डोजस्ता फिचर दिइएको छ । 

सुरक्षाको दृष्टिकोणबाट ड्यूल एयर ब्याग, एबीएस र ईबीडी स्टायन्ड दिइएको छ । यसको मूल्य भारतीय बजारमा ६ लाख १६ हजारदेखि ९ लाख ८९ हजारसम्म रहेको छ । 

४ गुणा बिक्री वृद्धि

टाटा नेक्सन भारतमा मात्रै यो ६ महिनामा २५ हजार बिक्री भइसकेको छ । २०१७ मा कम्पनीको समग्र सेल्समा २.६८ प्रतिशतले वृद्धि भएको छ । जसमा नेक्सनको भूमिका अहंम रहेको छ । एसयूभी सेग्मेन्टमा कम्पनीको बिक्री ग्रोथ ४०० प्रतिशत रहेको छ । 

यसरी बढ्यो बजार हिस्सा

कम्पनीले सार्वजनिक गरेको महिना भारतीय बजारमा १६०७ युनिट कार बिक्री गरेकोमा सन् २०१८ को अप्रिल महिनामा ५५४१ वटा नेक्सन बिक्री गरेको छ । कम्पनीको अप्रिल महिनामा कुल प्यासेञ्जर भेइकल बिक्री भने १० हजार ६५७ रहेको छ । कुल बिक्रीमा ५० प्रतिशतभन्दा बढी हिस्सा नेक्सनको रहेको छ ।

२०१८ जनवरीबाट नेपालमा 

नेपाली बजारमा पनि टाटाको नेक्सन कार गेमजेञ्जरको रुपमा रहेको छ । सिप्रद्दि ट्रेडिङले २०१८ को सुरुवातसँगै नेपाली बजारमा ल्याएको नेक्सन अहिलेसम्म ३०० वटा बिक्री गरिसकेको छ । 

कम्पनीकाअनुसार पछिल्लो समय टाटाले नेपाली बजारमा ल्याएका कारमध्ये यो सर्वाधिक रुचाइएको कार हो । 

भेरिएन्ट

यो कार एक्सई, एक्सएम, एक्सटी र एक्सु टु प्लस मोडल नेपाली बजारमा उपलब्ध रहेका छन् । 

साथै, कलभेरिएन्टमा भर्मोन्ट रेड, मोरोक्कान ब्लू, सिटल सिल्भर, ग्लासगो ग्रे र कलगरी ह्वाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

वारेन्टी

कम्पनीकाअनुसार ग्राहकले नेक्सन खरिदमा ७५ हजार किलोमिटर वा तीन वर्षको वारेन्टी पाउन सक्नेछन् । 

मूल्य

यो एसयूभी पेट्रोल र डिजेल दुई भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहेको छ । कम्पनीले पेट्रोलको सुरुवाती मूल्य ३२ लाख ७५ हजार रुपैयाँबाट र डिजेल भेरियन्टको ४१ लाख ५५ हजार रुपैयाँबाट सुरु हुने जनाएको छ । 

पेट्रोल भेरियन्टको नेक्सन रिभोर्ट्न एक्सई, एक्सएम, एक्स जेड प्लस र एक्स जेड प्लस ड्यूल टोन क्रमशः ३२ लाख ७५ हजार, ३४ लाख ९५ हजार, ३९ लाख ९५ हजार र ४० लाख ५५ हजार रुपैयाँ मूल्य छ । 

त्यसैगरी, डिजल भेरियन्टको नेक्सन रिभोर्टन एक्सटी, एक्स जेड प्लस र एक्स जेड प्लस ड्यूल टोनको मूल्य क्रमशः ४१ लाख ५५ हजार, ४४ लाख ५५ हजार र ४५ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

डिजाइन 

नेक्सनको आंशिक डिजाइन ल्याण्डरोभर र रेञ्जरोभर इभोकबाट प्रेरित छ । कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट फिचरका कारण एसयूभी मोडलमा नयाँ आयाम ल्याएको टाटाले जनाएको छ ।

फिचर

प्रोजेक्टर हेडल्याम्प, एलईडी डे टाइम हेडल्याम्प र एलईडी टेल ल्याम्पयुक्त नेक्सनमा १६ इञ्चको एलोई ह्वील, उत्कृष्ट फिटीङ, ड्यास टप एचडी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी ड्राइभिङ मोड सिस्टम छ ।

थप फिचर्स तथा स्पेसिफिकेशनको लागि यहाँ हेर्नुहोस्ः

टाटाले बनायो संदीप लामिछानेलाई ब्रान्ड एम्बेस्डर


Back_to_top