काठमाडौं । अटोमोवइल क्षेत्रका कम्पनीहरु कार, बाइक, स्कुटरजस्ता आफ्ना उत्पादनलाई कसरी हाइटेक र पृथक बनाउन सकिन्छ भनेर लागि परेका छन् । विशेष गरेर उत्कृष्ट फिचर्स र धेरै भन्दा धेरै माइलेज कसरी दिन सकिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित रहेको छ ।
रेनो मोटर्सले एक पाङ्ग्रे मोटरसाइकल बनाएर बजारमा ल्याउने भएको छ । आगामी २०१९ को मध्यसम्ममा बजारमा ल्याउने तयारी रहेको यो मोटरसाईकल निकै चर्चा र चासोको साथ हेरिन थालेको छ ।
स्वनियन्त्रित मोटरसाइकल
यो मोटरसइकल एक पाङग्रे भएता पनि आफैँ नियन्त्रित हुनसक्ने क्षमता राख्र्छ । स्ट्याण्डको आवस्यकता नपर्ने यो मोटरसइकल निकै सुरक्षित रहने छ । ठुलो चक्का रहने यो बाइक चालकले सजिलै नियन्त्रणमा राख्न सक्ने छन् ।
कम्पनीका अनुसार यो मोटरसइकल नयाँ चालक जो कोहीले सजिलै चलाउन सक्ने छन् । उक्त मोटरसइकल आगामी पुस्ताको लागि हेरेर निर्माण सुरुगरिएको कम्पनीले जनाएको छ । साथै नेक्ट जेनेरेसनको लागी यो नयाँ आबिष्कार साबित हुने कम्पनीको दाबी छ ।
१६ किमि प्रति घन्टा
यो मोटरसइकलकमा ब्याट्रि बाट चल्ने छ तर कति क्षमताको ब्याट्री हुनेछ भन्नेबारे कम्पनीले स्पष्ट पारेको छैन । उक्त ब्याट्री चार्ज गर्नका लागी १६ भोल्टको चार्जर कम्पनीले उपलब्ध गराउने छ, जुन फुल चार्ज हुन ८ घन्टा समय लाग्ने छ । १६ किमि प्रति घन्टाको रफ्तारमा कुदाउन सकिने यो मोटरसाइकलको तौल ७२ किलोग्राम रहेको छ ।
यसले १२० केजी भारबहन गर्ने क्षमता राख्छ । २५ इन्च मोटाइको ट्यूवलेस टायर रहेको यो बाइकमा एलइडी हेडलाइट र डिजिटल मिटर पनि उपलब्ध हुनेछ । यसको मूल्य अन्तर्राट्रिय बजारमा ५ लाख ७० हजार हुने अनुमान गरिएको छ ।