आन्ध्र प्रदेश एक्सप्रेसको ३७ डेपुटी-कलेक्टर बसेको डब्बामा आगोलागेपछि…

काठमाडौं । ग्वालियरको बिरला पुल नजिकै आन्ध्र प्रदेश एक्सप्रेसको चार डिब्बामा अचानक आगो लागेको छ । भारतीय मिडियाका अनुसार आगलागीको जानकारी प्राप्तपछि, १५ वटा भन्दा बढी दमकलहरु उक्त स्थानमा पुगेका थिए । 

एपी एक्सप्रेस दिल्लीदेखि हेदरबादसम्म चल्ने गरेको छ । भारतीय रेलवे अधिकारीका अनुसार आगो शर्ट सर्किटको कारण लागेको हो । आगो यति चाँडो फैलियोकी यात्रुहरुको भित्र राखिएका सामानहरु पुरै जलेर नस्ट भएका छन् । यो घटनाको असर दिल्लीतर्फ जाने रेलमा समेत परेको छ ।

यद्यपि, मानविय क्षेती भने हुन पाएन । आगो लागेको डब्बालाई काटेर छुट्याइएको थियो । स्रोतका अनुसार, जुन बोगीमा आगो लागेको  थियो, त्यहाँ ३७ जना डिप्टी कलेक्टर संलग्न थिए जो ट्रेनिङबाट फर्किएका थिए । 

यात्रुहरूका अनुसार ट्रेन भित्र रहेका आगो निभाउने साधनहरु प्रयोग गरिएको थियो, तर पनि आगो नियन्त्रमा आउन सकेन । घटना पछि त्यहाँ हजारौं मान्छेहरु भेला भए । हाल, रेलवे एपी एक्सप्रेसमा सवार गरेका यात्रुहरु आफ्नो गन्तव्यमा जाने तयारीमा जुटेका छन् । 


Back_to_top