एक वर्षमा भैरहवा र ३ बर्षमा पोखरा विमानस्थल बनाइसक्ने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी एक वर्षभित्र गौतम बुद्ध विमास्थलको निर्माण सक्ने लक्ष्य बनाएको छ । आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति बिद्यादेबी भण्डारी उक्त सरकारको लक्ष्य प्रस्तुत गरेकी हुन् ।

१ वर्षमा भैरहवा र ३ बर्षमा पोखरा विमानस्थल बनाइसक्ने सरकारले घोषणा गरेको छ । 

सरकारले आगामी ३ वर्ष भित्र पोखरा विमानस्थल निर्माण गर्ने लक्ष्य लिएको छ भने निजगढ विमानस्थलको काम द्रुतगतिमा अगाडि बढाउने जनाएको छ । 

यसरी सरकारले अगामी बर्षको नीति तथा कार्यक्रम मार्फत नेपाली हवाई क्षेत्रमा लगानी बढाउने संकेत दिएको छ । 


Back_to_top