टाटा नेक्सन बन्यो भारतमा सार्वधिक बिक्री हुने इलेक्ट्रीक कार, कहिले आउला नेपाल

काठमाडौं । टाटाको सफल सब फोर मिटर एसयूभी नेक्सनको इलेक्ट्रीक मोडल आर्थिक वर्ष २०२०/२१ को अर्धवार्षिक अवधिमा भारतमा सर्वाधिक बिक्री हुने इलेक्ट्रीक कार बन्न सफल भएको छ ।

अहिले भारतमा टाटा नेक्सन, हुन्डाई भेन्यू, एमजी इजेडएस, महिन्द्र इभेरिटो, टाटा टिगोर इभी बिक्री हुँदै आएको छ । यी मध्य ६ महिनामा सबैभन्दा बढी बिक्री टाटा नेक्सनक इलेक्ट्रीक कारको भएको छ ।

कम्पनीले यस अवधिमा १ हजार १५१ यूनिट नेक्सन बिक्री गर्दै भारती इलेक्ट्रीक कारको बजार हिस्सामा ६१.४ प्रतिशत ओगट्न सफल भएको छ । त्यसैगरि दोस्रो स्थानमा रहेको एमजी इजेडएसले २७.४ प्रतिशत बजार हिस्सा ओगट्दै ५१४ यूनिट इजेडएस बिक्री गर्न सफल भएको छ ।

सूचीको तेस्रो थानमा टाटा टिगोर इभी र चौथो स्थानमा हुन्डाई कोना रहन सफल भएको छ ।

आउला नेपाल ?

टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०७७ बाट नेपाल बिक्री सुरु गर्ने तयारी गरेको नेक्सन इभी कोभिड १९ को कारण त्यतिबेला बिक्री सुरु हुन सकेन ।

नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटबाट बिद्युतीय कारमा करका दरमा व्यापक वृद्धि गरेपछि यसलाई नेपाल ल्याउने प्रक्रिया नै स्थगित भएको थियो । अन्य कम्पनीहरुले समेत विद्युतीय कार आयत रोकेपछि सरकारले यसमा लगाइएको अन्तःशुल्कमा केही छुट दिने घोषणा गरेपछि अन्य कम्पनीहरुले इलेक्ट्रीक कारको बुकिङ सुरु गरेका छन् ।

यस्तोमासिप्रदी ट्रेडिङले पनि नेक्सन इभी नेपाल ल्याउने प्रक्रिया अघि बढाएको छ ।


Back_to_top