नेपालमा किन बिक्दैन कम मूल्यका डिजेल कार, यस्ता छन् कारण

काठमाडौं । नेपालमा डिजेल कारको बिक्रीमा क्रमिक ह्रास आउँदै गएको छ । कुनै समय डिजेल कार धेरैको रोजाइमा पर्ने गर्थ्याे तर, विस्तारै डिजेल इन्जिनयुक्त कार ग्राहकको रोजाईमा पर्न छाड्यो ।

नेपाली ग्राहकले डिजेल कार किन किन्न मान्दैनन् भन्ने विषयमा धेरै किमिसको उत्तर पाउन सकिन्छ । तर, सहरी क्षेत्रमा कुद्ने कार डिजेल नखोज्ने परम्परा बढ्दै गएको छ ।

विशेषत हाम्रो उत्यकाको एक कुनाबाट अर्को कुनामा पुग्दा मुश्किलले ३० किलोमिटर यात्रा गर्नु पर्ने हुन्छ । छोटो यात्रामा डिजेल र पेट्रोलले दिने माइलेज लगभग उस्तै हो । यस्तोमा पेट्रोल कारको इन्जिन तुलनात्मक रुपमा कम आवाज प्रदान गर्ने किसिमको हुन्छ र नेपाली ग्राहकले स्मुथ गाडी मनपराउने भएकाले डिजेल गाडी किन्न मनराउँदैनन् ।

पहिले डिजेल र पेट्रोलको मूल्यमा पनि धेरै अन्तर थियो अहिले खासै धेरै अन्तर छैन । बचत गर्ने उद्देश्यले डिजेल कार खोज्नेहरु पनि अहिले पेट्रोल कार किन्न रुचाउने गरेका छन् ।

हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका सर्भिस हेड दिपक थपलियाका अनुसार सधैँ प्रदुषणको कुरा आएपछि डिजेल इन्जिन भएका गाडीको विषय बाहिर आउने बताउँछन् । उनि भन्छन् ‘डिजेल इन्जिनमा नेपाली उपभोक्ता सरकारी नियमसँग पनि डराउने गरेको देखिन्छ ।’

उसोत नेपालीहरुको चाहना आरामदायी गाडी किन्ने भन्ने हुन्छ । डिजेल कारको तुलनमा पेट्रोल कारको इन्जिनबाट काम आवाज आउने, भाइब्रेसन कम हुने र प्रदुषणको तनावपनि लिनु नपर्ने भएकाले पेट्रोल कार चढ्न रुचाउँछन् ।

कुनै समय मित्शुबीसी, टोयोटा, टाटा, मारुती सुजुकी, हुन्डाई, महिन्द्रा जस्ता कम्पनीका डिजेल गाडीको बजार हिस्सा सबैभन्दा बढी थियो । अहिले मारुती सुजुकीले डिजेल कार उत्पादन पूर्णत बन्द गरेको छ । हुन्डाईले नेपालमा डिजेल कारका केहि भेरियन्टमात्र उपलब्ध गराउँदै आएको छ ।

सुरुवातमा टाटाले डिजेल कारमात्र बनाएको थियो । अहिले कम्पनी बिस्तारै पेट्रोल कार उत्पादनमा आफुलाई केन्द्रित गर्दै लगेको छ ।

महिन्द्राले पनि पेट्रोल इन्जिनमा लगानी बढाएको छ । कम्पनीले आफ्नो चर्चित अफरोड एसयूभी नयाँ जेनेरेशन थारसमेत पेट्रोल इन्जिनमा उपलब्ध गराएको छ । यसले कम्पनीहरु बिस्तारै पेट्रोल इन्जिनमा केन्द्रित भएको जनाउ दिन्छ ।

डिलेज कार अहिलेपनि लामो यात्रा गर्नेहरुले खोज्छन् । तर, यसको संख्या अत्यन्त न्यून रहेको छ । महंगा मोडलमा भने अहिले पनि डिजेल कार नेपालमा पाउन सकिन्छ । जीप कम्पास, हुन्डाई टुसान, टाटा एच५, महिन्द्रा स्कर्पियो, महिन्द्रा एक्सयूभी ५००, मित्सुबीसी र टोयोटाका केही मोडल अहिलेपनि डिजेल इन्जिनमा सफलता पाइरहेका कार हुन् ।

पेट्रोल कारको तुलनामा डिजेल कार थप केहि महंगो हुने तर, धेरै पैसा तिरेपछि पनि आरमदायी नहुने कारणले नै नेपालमा साना र कम मूल्यका डिजेल कार बिक्न छाडेका हुन् ।


Back_to_top