नेक्सन म्याक्स ईभीमा थपियो फिचर

काठमाडौं । टाटा मोटर्सले आफ्नो सर्वाधिक सफल इलेक्ट्रीक एसयूभी नेक्सन म्याक्स ईभीमा फिचर थप गरेर ल्याएको छ । भारतमा सार्वजनिक भएको म्याक्सको एक्सजेड प्लस लग्जरी भेरियन्टमा फिचर थप भएको हो ।

टाटाले यसअघि नेक्सन म्याक्स एक्सजेड प्लस लग्जरी डार्क एडिशनमा दिएको फिचरहरु रेगुलर मोडलमा दिएर ल्याएको हो । जसमा सबैभन्दा ठूलो परिवर्तन इन्फोटेन्टमेन्ट सिस्टममा पाउन सकिने छ । यसमा डार्क एडिसनमा रहेको १०.२५ इन्चको इन्फोटेन्टमेन्ट दिएको हो । टाटाले यही इन्फोटेन्टमेन्ट सिस्टम एच फाइभ र सफारीमा पनि दिएको थियो ।

वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, उत्कृष्ट स्कृन रेजुलेसन तथा निकै उत्कृष्ट रिभर्स क्यामेरा क्वालिटी नयाँ भर्सनमा पाउन सकिने छ । टाटा नेक्सन म्याक्समा विभिन्न ६ भाषामा प्रयोग गर्न सकिने १८० भन्दा धेरै भ्वाइस कमाण्ड दिन सकिन्छ ।

टाटा नेक्सन चार मिटरभन्दा छोटो एसयूभी भएपनि टाटाले यसलाई फिचर लोडेड बनाउन कुनै कसर बाँकी राखेको छैन । कम्पनीले यसमा इलेक्ट्रीक ह्याण्ड ब्रेक, डिस्प्ले सहितको गियर सेलेक्टर, प्रिमियम लेदर सिट, भ्यान्टीलेटेड सिट पाउन सकिन्छ ।

त्यसैगरी इएसपी, क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर हेडल्याम्प, चार वटै चक्कामा डिस्क ब्रेक, स्मार्ट वाच कनेक्ट फिचर, पुस बटम स्टाट, डिजिटल टिएफटी डिस्प्ले क्लष्टर पाउन सकिन्छ ।

टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन म्याक्सको एक्सजेड प्लस लग्जरी भेरियन्ट बिक्री सुरु गरेको थियो । बिक्री सुरु भएको केही दिनपछि नै नेपाल सरकारले ५० किलोवाट माथि १०० किलोवाटसम्मका ईभीमा कर बढाएपछि यसको नयाँ मूल्य सार्वजनिक भएको छैनन ।

कम्पनीले भारतमा सार्वजनिक गरेको अपग्रडेड म्याक्स मोडल चाँडै नेपाल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top