काठमाडौं । टाटा मोटर्सको माइक्रो एसयूभी ‘पन्च’ इलेक्ट्रीक भर्सनमा पनि तयार भएको छ । यसअघि पेट्रोल भर्सनमा उपलब्ध पन्च अब ईभीको रुपमा बजारमा आउन लागेको हो ।
भारतीय बजारमा प्रबेश गरेदेखि नै निकै तिब्र बजार विस्तार गरिरहेको पन्च स्मार्ट डिजाइन र फिचर लोडेड भएकै कारण धेरै ग्राहकले खरिद गर्दै आएका छन् । टाटा मोटर्सले अक्टोबरमा पन्चको इलेक्ट्रीक भर्सन ल्याउने अनुमान गरिएको थियो । त्यति बेला कम्पनीले नेक्सन फेसलिफ्ट सार्वजनिक गरेको हो ।
अब भने पन्च बजारमा प्रबेश गर्न तयार भएको छ । सम्भवत जनवरी अन्तिमसम्ममा भारतमा यसको बिक्री सुरु हुनेछ । भारतीय बजारमा बिक्री सुरु भएको केही महिनापछि मात्रै पन्च ईभी नेपाल आउने छ ।
टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले पन्चभन्दा पहिला नेक्सन फेसलिफ्ट मोडल नेपाली बजारमा प्रबेश गराउने छ । पन्चको पेट्रोल भर्सन भने अहिले पनि बिक्री हुँदै आएको छ । कम्पनीले नाडा अटो शो २०२३ मा पन्च मोडल बिक्री सुरु गरेको थियो ।
यस्तो हुनेछ फिचर
मूल्यको आधारमा नेक्सनभन्दा कम र टियागोभन्दा माथि रहने पन्च ईभी एक माइक्रो एसयूभी मोडल हो । सम्भवत यसको सिधा प्रतिस्पर्धा सिट्रोन सीथ्रीसँग हुनेछ । तर, फिचरको हिसावले भने पन्च सीथ्रीको तुलनामा माथि रहने अनुमान गर्न सकिन्छ ।
कम्पनीले यसमा रहने ब्याट्री र मोटर साइजको विषयमा कुनै आधिकारीक जानकारी दिएको छैन । तर, परिक्षणको क्रममा देखिदा यसमा रहने फिचरको विषयमा भने धेरै किसिमको अनुमान गरिएको छ ।
टाटा मोटर्स आफ्ना नयाँ कारमा ६ वटा एयरब्याग स्टायण्डर्ड गरेर ल्याउन लागेको कारण यसमा पनि ६ एयरब्याग रहने छ । साथै, ३६० डिग्री क्यामेरा, स्मार्ट क्याविन, रामदायी सिट र ठूलो इन्फोटेन्टमेन्ट सिस्टम रहने छ ।
यसमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर ह्यूमिनिटी लाइन, स्क्वायर ह्वील आर्क, बाक्लो बडी क्लाडिङ, ९० डिग्रीमा खुल्ने सडक, रुफरेल दिइएको देखिन्छ । यसको दुबै चक्कामा डिस्क ब्रेक रहने छ ।
टाटाले पन्च ईभीमा टु स्पोक स्टेरिङ ह्वील दिइने छ । यसमा इलेक्ट्रोनिक्स पार्किङ ब्रेक, पुस बटम स्टार्ट÷स्टप, अटामेटीक क्लाइमेट कन्ट्रोल, लेदर र्याप स्टेरिङ ह्वील, अटो फोल्ड ओआरभीएम जस्ता फिचर रहने छन् ।


