५९३ किलोमिटर मात्रै चलेको नयाँ मोटरसाइकल भाँचिएपछि…

काठमाडौं । नयाँ, त्यसमा पनि विश्व प्रसिद्ध ब्राण्डले उत्पादन गरेको मोटरसाइकल केबल ५९३ किलोमिटर मात्रै गुड्दा भाँचिए तपाई के गर्नु हुन्छ ?, ब्रिटीस ब्राण्ड ट्रायम्फले भारतमा उत्पादन गरेको मोटरसाइकलमा त्यस्तै भएको छ ।

केबल ५९३ किलोमिटर गुडेको मोटरसाइकलको स्वीङआर्म अचान भाँचिएपछि त्यो विषय मिडिया र सोशल मिडियामा आएको छ । मोटरसाइकल रेन्टल सेवा संचालक अभिनब सुदले किनेको ४ दिनमा नै स्वीङआर्म भाँचिएको हो । उनले नै यो विषय सामाजिक संजालमा राखेपछि समाचार बनेको हो ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘सामान्य रुपमा मोटरसाइकल चिप्लिदा मोटरसाइकलको स्वीङआर्म दुई टुक्रा भएको र पार्टस् उपलब्ध हुन दुई महिना लाग्ने जानकारी कम्पनीले दिएको भनेर स्टाटस लेखेका छन् ।’

उनले ओडोमिटरको तस्बीर पनि सार्वजनिक गर्दै ५९३ किलोमिटर मात्र गुडेको मोटरसाइकलको स्वीङआर्म भाँचिएको जानकारी दिएका हुन् ।

ट्रायम्फ र बजाज मिलेर बनाएको यो मोटरसाइकलको विषयमा एक विज्ञप्ती जारी गर्दै बजाजले भनेको छ, ‘घटना भएको र स्वीङआर्म भाचिएको बारेमा आन्तरिक अनुसन्धान चलिरहेको छ । ग्राहकको मोटरसाइकल चाँडोभन्दा चाँडो मर्मत गरिने र अभिनबले भने जस्तो पार्टस् नपाउने समस्या नरहेको जनाएको छ ।’

ट्राइम्फ इन्डियाले बजाज अटोसँगको सहकार्यमा भारतमा उत्पादन गरेको सिंगल सिलिन्डर मोटरसाइकल विश्व बजारमा निर्यात गर्ने तयारीमा छ । कम्पनीले भारतमा उत्पादन गरेको मोटरसाइकल ट्राइम्फ स्पीड ४०० र स्क्रयामब्लर ४०० एक्स विश्व सिंगल सिलिन्डर अर्फोडेवल मोटरसाइकल हुन् ।


Back_to_top