टाटा गाडीको सुविधा सम्पन्न नयाँ सर्भिस सेन्टर धार्केमा

काठमाडौं । देशकै सबैभन्दा ठूलो कर्मशियल गाडी बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ प्रालिले टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा मर्मतको लागि धादिङ्ग जिल्लाको धार्केस्थित जुंगे खोलामा नयाँ सर्भिस सेन्टरको सुरुवात गरेको छ । ग्राहकहरुको उच्च मागलाई सम्बोधन गर्दे कम्पनीले धार्केमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको जनाएको छ ।

सिप्रदीका कस्टमर केयर, कमर्सियल भेइकलका प्रमुख साम्देन लामाको अनुसार गाडी बेच्नु मात्र नभएर बिक्रिपछिको सेवालाई ध्यानमा राखेर सिप्रदी अघि बढीरहेको छ । सिप्रदीले कम्पनीको सुरुवातबाटै बिक्री पश्चात्को सेवालाई उच्च प्राथमिकतामा दिदै आइरहेको छ ।

‘नयाँ सर्भिस सेन्टरले राजमार्गमा टाटाको गाडी चलाउने ग्राहकहरुलाई सजिलो बनाउने छ । यसले कम्पनीले बिक्रीपछिको सेवामा जोड दिएको पुष्टि हुन्छ’, लामाले भने ।

यसका साथै राजमार्गमा आउन सक्ने अप्रत्याशित परिस्थितिमा आकस्मिक मर्मत सेवा प्रदान गर्न सिप्रदीले रोड साइड एस्सीस्टेन्स्को मोबाइल वर्कसपबाट सेवा पनि संचालन गरिरहेको छ । यो सेवा ग्राहकले २४ घण्टा ७ दिननै पाउने छन् । उक्त सेवा लिन नेपाल टेलिकमको १६६००१५५७७७ वा एनसेलको ९८०१५७५७७७ को निःशुल्क फोनमा कल गर्न सकिने छ ।


Back_to_top