टाटा टिगोर फेसलिफ्ट यी विशेषता सहित आउँदै

टाटा मोटर्सले सब कम्प्याक्ट सेडान कार टिगोरको फेसलिफ्ट भर्सन बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले सन् २०१७ मा उक्त मोडल निर्माण गरेको थियो । टिगोरको फेसलिफ्ट संस्करणले मारुती सुजुकी डिजायर, होन्डा अमेज, होन्डा एक्सेन्ट, फोर्ड एस्पायर, फक्सस्वागन अमियो संग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ ।

यसमा टाटा टिगोरको जस्तै स्लाइट्ली ग्राउन अप डिजाइन दिइएको छ भने, फ्रन्टमा ग्रिल र फ्रन्टमा ग्रिल लगाइएको छ । यस्तै फ्रन्टमा रिवार्क हेडल्याम्प रियरमा बम्पर लगाइएको छ भने, कारमा आकर्षक टेल ल्याम्प दिइएको छ ।

यसमा डिजेल र पेट्रोल इन्जिनको विकल्प दिएको कम्पनीले जनाएको छ । १.२ रेभोट्रोन पेट्रोल इन्जिनले ८५ पीएस पावरका साथै ११४ एनएम टर्क उत्पादन गर्छ । १.०५ रेभोटर्क डिजेल इन्जिनले ७० पीएस पावरका साथै १४० एनएम टर्क उत्पादन गर्छ । दुबै इन्जिनमा पाँच स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ भने, एएमटी लगाइएको छ । यसमा उपलब्ध इन्जिन बीएस–६ मापदन्ड अनुुसार रहेको कम्पनीले जनाएको छ ।


Back_to_top