साओमीले बनायो इलेक्ट्रीक साइकल, यस्तो छ माइलेज र विशेषता

चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी साओमीले स्मार्ट फोनमात्र होइन इलेक्ट्रीक साइकल समेत बनाएको छ । कम्पनीले बनाएको उक्त इलेक्ट्रीक साइकलको नाम मी हिमो इलेक्ट्रीक बाइसाइकल टी१ रहेको छ ।

उक्त साइकलको मूल्य २ हजार ९९९ युआन तोकिएको छ । सो साइकलको बिक्री भने जुन ४ देखि हुने कम्पनीले जनाएको छ । साओमीले हिमो इलेक्ट्रीक बाइसाइलको डिजाइन निक्कै आकर्षक बनाएको छ । सो साइकलमा प्रयोग गरिएका मटेरियलमा आगो लाग्दैन ।

साओमीको यो साइकलमा हाइ सेन्सेटाइज्ड डिजिटल डिस्प्ले रहेको छ । त्यस्तै यसमा प्रयोग गरिएको हेडलाईट हिमो इंलिस लोगोको डिजाइन हो भने यसले १८ हजार सीडी ब्राइटनेस दिन्छ ।

यो साइकलमा ३५० वाटको ब्रसलेस पर्मानेन्ट म्यागनेट मोटर प्रयोग गरिएको छ । त्यस्तै साइकलमा टच स्र्टाट बटम, तथा मल्टिफंसनल कम्बिनेसन स्वीच, १४ हजार एमएएच व्याट्री रहेको छ । यो साइकलले फुल चार्जमा १२० किलोमिटरसम्म रेन्ज दिन्छ ।


Back_to_top