टाटा टिगोर, टियागो र नेक्सनको फेसलिफ्ट मोडल तयार

टाटा मोटर्सले आफ्ना तीन मोडल नेक्सन, टियागो र टिगोरको फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ । कम्पनीले यी फेसलिफ्ट मोडलको आधिकारीक रुपमा पहिलोपटक तस्विर सार्वजनिक गरेको हो ।

कम्पनीले बीएस ६ इन्जिनमा ल्याइएको यी मोडलको बुकिङ समेत खुल्ला गरेको छ । यी मोडललाई कम्पनीले अल्ट्रोज पछि मात्र बजारमा सार्वजनिक गर्ने जनाइएको छ ।

यी तिनवटै मोडललाई कम्प्नीले आफ्नो इम्प्याक्ट डिजाइन २.० मा तयार गरेको हो । फेसलिफ्ट टियागो र टिगोरमा कम्पनीले नयाँ लुक्स दिएको छ । यी कारमा दिइएको क्रोम लाइन र बोनेट टाटा अल्ट्रोजबाट लिइएको छ ।

यी दुबै कारमा कम्पनी रि–डिजाइन हेडलाइट, वाई सेपमा नयाँ ग्रिल र टिगोरमा स्पोर्ट डिएलआरएस दिइएको छ । कम्पनीले यी तिनवटै कारमा पहिलेभन्दा धेरैै फिचर रहेको र मूल्यसमेत केही बढी हुने जनाएको छ ।

कम्पनीले नयाँ मापदण्ड अनुसारको नेक्सनमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिन दिएको छ । साथै, टिगोर र टियागोमा १.२ लिटर पेट्रोल इन्जिन दिएको छ । यी कारमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

यी तिनवटै मोडलका कार नेपाली बजारमा बिक्री वितरण हुँदै आएका छन् ।


Back_to_top