काठमाडौं । टाटा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रीक एसयूभी सन् २०२६ को दोस्रो त्रैमास भित्रै बजारमा ल्याउने तयारी गरेको छ ।
हालै पन्च ईभी फेसलिफ्ट सार्वजनिक गरेको टाटाले आगामी अप्रिलदेखि जुनसम्ममा सियरा ईभी ल्याउने तयारी गरेको भारतीय मिडयाहरूले उल्लेख गरेका छन् ।
टाटाले सियराको आइस भर्सन भने यसअधि नै बजारमा ल्याइसकेका छ । जसले २४ घण्टामै ७० हजार युनिटको बुकिङ रेकर्ड बनाएको थियो ।
टाटाले सियरा ईभीलाई ह्यारियर ईभीभन्दा तलको स्थानमा राख्ने जनाइएको छ । सियरा ईभी भारतको सानन्द कारखानाबाट रोल आउट हुनेछ ।
पहिले रिपोर्ट गरिएअनुसार सियरा ईभी टाटाको ‘स्केटबोर्ड’ विद्युतीय संरचना एक्टिईभीमा आधारित हुनेछ । टाटाले ह्यारियर ईभीमा पनि यही संरचना प्रयोग गरेको छ ।
टाटाले सियरा ईभी रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ दुवै ड्राइभ अप्सनमा उपलब्ध गराउने छ । सियरा ह्यारीयरपछि अल ह्वील ड्राइभमा उपलब्ध हुने दोस्रो मोडल समेत बन्नेछ ।
सियरा ईभीमा पन्च ईभी जस्तै एकीकृत ड्राइभ युनिट प्रयोग हुने सम्भावना पनि छ । जहाँ मोटर र अन्य प्रमुख सहायक उपकरणहरू एउटै आवरणभित्र राखिन्छन्।
प्रोडकक्ट भर्सनको बाहिरिएका तस्बिर अनुसार सियरा ईभी आइसभन्दा फरक डिजाइन्मा आउने छ । यसको फ्रन्ट नोज र बम्परको डिजाइनमा सामान्य परिमार्जन गरिनेछ ।
क्याबिन फिचर बारे धेरै जानकारी खुलाइएको छैन । तर सन् आइस सियर जस्तै दुइटा डिस्प्ले हुने सम्भावना छ । यसमा १०.२५ इन्चको डिजिटल उपकरण क्लस्टर र १२.३ इन्चको सेन्टर टचस्क्रिन समावेश हुने सम्भावना छ । तीन स्क्रीन संयोजन यस संस्करणमा रहने वा नरहने विषय भने अझ स्पष्ट भइसकेको छैन।
यसमा टाटाले फोर स्पोक स्टेयरिङ ह्वील पनि यथावत् राख्नेछ । यसमा प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिट र प्रिमियम अडियो प्रणाली उपलब्ध हुने अपेक्षा गरिएको छ ।
टाटाले सियरा ईभीको लागत घटाउन पन्च ईभीमा जस्तै ‘ब्याट्री एज अ सर्भिस’ (बीएएएस) विकल्प पनि उपलब्ध गराउन सक्ने बताइएको छ । सियरा ईभीलाई हुन्डाई क्रेटा इलेक्ट्रिक, मारुति ई भिटारा, महिन्द्रा बीई ६ लगायतसँग सिधा प्रतिस्पर्धा हुनेछ ।

