काठमाडौं । लीपमोटरको इन्ट्री लेभल एसयूभी ए-१० को इन्टेरियर बाहिर आएको छ । यसअघि बाहिरी बनोट सार्वजनिक गरेको लीपमोटरले इन्टेरियर पनि सार्वजनिक गरेको हो ।
अप्रिल २०२६ बाट चीनमा बिक्री सुरु हुने बताइएको ए-१० एसयूभीको ड्यासबोर्डमा १४.६ इन्चको बिशाल स्कृन दिइएको छ । चालकको सूचनाको लागि भने ८.८ इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।
लीपमोटरले ए-१० एसयूभीमा एम्बियन्ट लाइट, वायरलेस फोन चार्जर, दुई वटा कप होल्डर दिएको छ । ह्युमन-मेसिन सम्वाद गर्न सक्ने अलिबाबाको क्वीन एआई असिस्टेन्ट दिएको छ ।
चिनियाँ निर्माताले यसमा क्वालकमको ८६५० इन्टेलिजेन्ट ड्राइभिङ चिप र क्वालकम कै ८२९५ पी ककपीट चिप दिएको छ । नयाँ एसयूभी ३९.८ र ५३ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा आउने छ । मोटर भने ९० किलोवाट क्षमताको रहनेछ ।
यसमा रहेको सानो ब्याट्री ३९.८ किलोवाट आवरको ब्याट्रीले सीएलटीसी रेन्ज ४०३ किलोमिटर दिनेछ । यसले अनरोडमा ३०० किलोमिटर आसपास रेन्ज दिने अनुमान गर्न सकिन्छ ।

ठूलो ५३ किलोवाट आवरको ब्याट्रीले ५०५ किलोमिटर रेन्ज दिने सीएलटीसीले जनाए पनि सडकमा ३७० किलोमिटर आसपासको रेन्ज रहनेछ । चार्जिङको मामलामा पनि यो मोडल उत्कृष्ट रहने छ । यसलाई डीसी चार्जरको सहायताले १६ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

‘टेक्नोलोजिकल नेचुरल एस्थेटिक २.०’ डिजाइन ल्याङ्गेवजमा तयार भएको ए-१० एसयूभीमा स्माइलिङ हेडल्याम्प र हाहा टेललाइट दिइएको छ । यसको लम्बाइ ४२७० एमएम, चौडाइ १८१० एमएम र उचाइ १६३५ एमएम रहेको छ । ह्वीलबेस पनि २६०५ एमएम लामो छ ।

