हिउँमा लोभलाग्दो देखियो ‘जी-३१८’ अफरोड एसयूभी (फोटोफिचर)

काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्ड चांगानको अफरोड एसयूभीको निकै लोभलाग्दो तस्बिरहरु बाहिर आएको छ । चीनमा बिक्री हुँदै आएको चांगान ‘जी-३१८’को हिमाली क्षेत्रमा खिचिएको तस्बिर कम्पनीले आफ्नो सोसल मिडिया पेजमा हालेको हो ।

चांगानले आफ्नो हार्डकोर अफरोड एसयूभीलाई ईआरईभी (एक्सटेन्डेट रेन्ज इलेक्ट्रीक भेहिकल) को रुपमा चीनमा बिक्री गर्दै आएको छ ।जी-३१८ एसयूभीको लम्बाइ ५०१० एमएम, चौडाइ १९८५ एमएम, उचाइ १९६० एमएम छ । २ हजार ३६० केजी तौल भएको यो एसयूभीको ह्वीलबेस भने २८८० एमएम लामो छ ।

कम्पनीका अनुसार जी-३१८ एसयूभी हार्डकोर अफरोड क्यापाबिलिटी भएको मोडल हो । यसको अप्रोच एङ्गल २७ डिग्री र डिपार्चर एङ्गल ३१ डिग्री छ । २४० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएको एसयूभीले १६०० केजी सामान बोक्न सक्छ ।

यसको अगाडिको भागमा ठूलो साइजको क्लोज ग्रिल र सी सेपको हेडलाइट दिएको छ । क्याम्प टेन्ट सपोर्ट गर्ने लगेज र्याक सहितको रुफमा चारवटा फोकस लाइट समेत दिएको छ । रियरमा फुल साइजको स्पेयर ह्वील तथा भर्टिकल सेपको टेललाइट रहेको छ ।

यसको ड्यासबोर्डमा डी सेपको थ्री स्पोक स्टेरिङ ह्वील, १२.३ इन्चको इन्स्ट्रुमेन्ट प्यानल, दिपलको अपरेटिङ सिस्टम भएको १४.६ इन्चको सेन्टर कन्टोल स्क्रीन रहेको छ । अफरोडको लागि यो एसयूभीमा स्नो, मड, स्याण्ड, रग्ड, र वेडिङ गरी पाँच प्रकारका टेरेन मोड रहेको छ । यसका अलावा यो एसयूभीमा इकोनोमी, कम्फर्ट, स्पोट्स, एक्सक्लुसिभ र कस्टम चार फरक ड्राइभिङ मोड समेत रहेको छ ।

चांगान जी-३१८ एसयूभी मा ११० किलोवाटको मोटर दिएको छ । अल ह्वील ड्राइभ सिस्टममा भने अगाडि १३१ र पछाडि १८५ किलोवाटको मोटर दिइएको छ ।

यसमा रेन्ज एक्सटेन्डरको रूपमा १.५ लिटरको टर्बो चार्ज्ड इन्जिन पाउन सकिन्छ । चांगानले १८.४ र ३५.१ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ ।


Back_to_top