सवारी सरुवाका लागि साढे ११ हजार घुस, यातायातका अधिकृत पक्राउ

काठमाडौं । सेवाग्राहीसँग घुस मागेको आरोपमा यातायात व्यवस्था कार्यालय, हेटौंडामा कार्यरत अधिकृत र एक बिचौलिया पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलिले यातायात कार्यालका छैटौं तहका अधिकृत अमृत भेटुवाल र बिचौलियाको काम गर्ने लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई घुस रकमसहित पक्राउ गरेको हो ।

दुवै जनालाई यातायात व्यवस्था कार्यालयबाट ३ थान मोबाइल सेटसहित नियन्त्रणमा लिइएको हो ।

उनीहरूलाई सवारी सरुवा सहमति गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार टोलिले पक्राउ गरेको हो ।

अख्तियार टोलिले बिचौलिया पौडेललाई सेवाग्राहीबाट ११ हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ ।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


Back_to_top