सवारीसाधनमा बढेन कर, उपभोक्तालाई राहत

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा प्रस्तुत गरेको बजेटमा सवारीसाधन करमा कुनै परिमार्जन गरिएको छैन । 

यसले सवारी उपभोक्ता तथा व्यवसायीहरुलाई समेत राहत मिलेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेटमा करको दरमा कुनै फेरबदल भएको छैन । 

चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री खतिवडाले सवारीसाधनमा इन्जिन क्षमताका आधारमा अन्तःशुल्क वृद्धि गरेका थिए । चारपांग्रे तथा दुईपांग्रे सवारीमा इन्जिन क्षमताको आधारमा अन्तःशुल्क बढाएको थियो । 

सवारी साधनलाई विलाशी साधनको रुपमा हेर्दै आएको सरकारले निश्चित सीसीसम्मका सवारीको अन्तःशुल्क स्थिर कायम गरेको थियो । 

यस्तो थियो गत वर्षको वृद्धि गरिएको अन्तःशुल्क

डिजेल भर्सनका प्यासेन्जर कारमा

१५०० सीसीसम्म पुरानै ६० प्रतिशत

१५०१ देखि २००० सीसीसम्म ७० प्रतिशत

२००१ देखि २५०० सीसीसम्म ८५ प्रतिशत

२५०१ देखि माथि सीसीमा १०० प्रतिशत

पेट्रोल भर्सनका प्यासेन्जर कारमा

१००० सीसीसम्म पुरानै (६० प्रतिशत अन्तःशुल्क)

१००१ देखि १५०० सीसीसम्म ६५ प्रतिशत

१५०१ देखि २००० सीसीसम्म ७० प्रतिशत

२००१ देखि २५०० सीसीसम्म ८० प्रतिशत

२५०१ देखि ३००० सीसीसम्म ९० प्रतिशत

३००१ देखि माथि सीसीमा १०० प्रतिशत


Back_to_top