नयाँ मोटरसाइकल किन्नेलाई खुसीको खबर, बढेन कर

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को बजेटमा मोटरसाइकलमा लाग्ने करमा कुनै परिवर्तन गरिएको छैन । आज आर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटले मोटरसाइकलमा लाग्दै आएको करको दायरामा कुनै परिवर्तन नगरेको हो । 

गत वर्ष प्रस्तुत गरिएको बजेटमा १५० सीसीसम्मका मोटरसाइकललाई ४० प्रतिशत अन्तःशुल्क (साविक दर) राखिएको थियो भने १५१ देखि २५० सीसीसम्मका मोटरसाइकलमा ५० प्रतिशत अन्तःशुल्क लगाइएको थियो । 

२५१ देखि ५०० सीसीसम्मका मोटरसाइकलमा ६० प्रतिशत अन्तःशुल्क लगाइएको थियो भने ५०१ देखि ८०० सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत र ८०१ सीसी भन्दा माथिका मोटरसाइकलमा १०० प्रतिशत अन्तःशुल्क लगाइएको थियो । 

अघिल्लो वर्ष अत्याधिक करका दरमा परिवर्तन गरेको सरकारले यस वर्ष कुनै परिवर्तन गरेको छैन । 


Back_to_top