टेस्लाले चीनमा किन बन्द गर्‍यो ‘मोडल एस’ र ‘एक्स’को बुकिङ ?

काठमाडौं । अमेरिकी प्रिमियम कार उत्पादक टेस्लाले आफ्ना दुई लग्जरी मोडल एस र मोडल एक्सको बुकिङ चीनमा बन्द गरेको छ । विकसित पछिल्लो घटना क्रमले यी दुई मोडलको चीनमा बुकिङ बन्द भएको सहजै अनुमान लगाउन सकिन्छ ।

अमेरिकी सरकारले चिनियाँ उत्पादनमा १४५ प्रतिशत कर लगाइसकेको छ । प्रतिउत्तरमा चीनले ८४ प्रतिशतसम्म कर लगाएको छ । यी दुई देश बीच चलिरहेको ट्रेड वारको कारण टेस्लाले चीनमा आयातीत मोडलको बुकिङ बन्द गरेको हो ।

सन् २०२३ मार्चबाट चीनमा टेस्ला मोडल एस र मोडल एक्स बिक्री सुरु भएको थियो । यी दुबै मोडलमा चीनमा बिक्री हुने महंगो ईभीको रुपमा स्थापित छन् । तर, चीन सरकारले बढाएसको कर अनुसार मोडल एस र एक्स दुबैको मूल्य धेरै माथि जाने भएसँगै कम्पनीले बुकिङ बन्द गरेको हो ।

यसअघि जापानमा पनि टेस्लाले यी दुबै मोडल एक्स र एसको बुकिङ लिन बन्द गरेको थियो । त्यहाँ पनि बुकिङ बन्द गर्नुको मुख्य कारण ट्रेड वार नै थियो ।


Back_to_top