सिद्धबाबा नजिक गुडिरहेको कारमा ढुङ्गा खस्दा…

बुटवल । गुडिरहेको कारमाथि ढुङ्गा खस्दा एक जना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार माथि ढुंगा खस्दा कारमा सवार गणेश गैरे घाइते भएका हुन् ।

तिनाउ गाउँपालिका ३ रामापिथेकस पार्क नजिक चट्टाने भीरबाट खसेको ढुंगा कारमा परेको थियो । उक्त ढुङ्गा कारको माथिल्लो भाग छेडेर भित्र पसेको घटना स्थलमा पुगेका प्रहरीले जानकारी दिए ।

ढुङ्गा गाडीमा खसेर लाग्दा घाइते भएका यात्रुको अवस्था सामान्य छ । मानविय क्षती हुन पाएन तर, कारमा भने ठूलै क्षती भएको छ ।

दुर्घटनास्थल सिद्धबाबा सुरुङमार्गभन्दा केही मिटर पूर्व माथिल्लो र तल्लो सिद्धबाबा मन्दिरको बीच हो ।


Back_to_top