काठमाडौं । होन्डाका मोटरसाइकल तथा स्कुटरको इन्जिनमा ६ वर्ष लामो वारेन्टी पाइने भएको छ । कम्पनीले ल्याएको नयाँ वर्ष स्कीममा इन्जिन वारेन्टी बढाएको हो ।
होन्डाको मोटरसाइकल तथा स्कुटरमा नयाँ वर्ष २०८२ को स्कीम उपलब्ध भएको छ । कम्पनीले दुई दिनपछि आउने नयाँ वर्षलाई लक्षित गर्दै स्कीम संचालनमा ल्याएको हो ।
नेपालका लागि होन्डाको आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीले ‘नयाँ वर्ष, नयाँ होन्डा बीएस ६ सँग’ स्लोगन सहित २०८२ नयाँ सालको न्यू इयर स्कीम सुरु गरेको हो ।
कम्पनीले ल्याएको यस स्कीममा होन्डाको मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्रयाच मार्फत १ लाख रुपैयाँसम्म नगद छुट पाउन सक्नेछन् ।
यसका अलावा कम्पनीले ६ वर्षसम्म १८ ओटा निःशुल्क सर्भिसिङ र २३ हजार ५५० बराबरको वार्षिक मर्मत खर्च (एएमसी) उपलब्ध गराउने जनाएको छ । यसका साथै, ग्राहकले आफुसँग भएको पुरानो मोटरसाइकलसँग होन्डाका नयाँ मोटरसाइकल र स्कुटर पनि एक्स्चेन्ज गर्न सकिन्छ ।
यो अफर होन्डाको देशभर रहेका सबै आधिकारिक शोरुमहरुमा उपलब्ध रहेको छ ।


