बेनेलीका मोटरसाइकलमा ५० हजारसम्म छुट, एक लाख उपहार

काठमाडौं । बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले नयाँ वर्ष २०८२ लाई लक्ष्मीत गर्दै अफर ल्याएको छ ।

कम्पनीले ल्याएको नयाँ बर्ष अफर अन्तर्गत बेनेलीका जुनसुकै मोडलको मोटरसाइकल खरिद गर्दा ग्राहकहरूले २५ हजार नगद रुपैयाँ छुट पाउने छन् ।

त्यस्तै, ग्राहकले आफुसँग भएका पुराना मोटरसाइकल तथा स्कुटरसँग बेनेली मोटरसाइकल एक्सचेन्ज गर्दा थप २५ हजार रुपैयाँ थप मूल्यांकन पाउने कम्पनीले जनाएको छ ।

मोटरसाइकल खरिद गरेका ग्राहक मध्ये एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत १ लाख रुपैयाँ नगद रुपैयाँ पुरस्कार जित्ने अवसर पनि पाउनेछन्।

यसका साथै ग्राहकले खरिद गरेको मोटरसाइकलको रोड ट्याक्स, बेनेलीको प्रिमियम हेलमेट र मोटरसाइकल बीमासमेत निःशुल्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध हुनेछ । इच्छुक खरिदकर्ताले नजिकैको बेनेली शोरूममा गई टेस्ट राइड गर्न वा तुरुन्तै बुकिङ गर्न सक्नेछन्।


Back_to_top