मस्क राजनीतिमा होमिएसँगै टेस्लाको युरोपमा बेहाल

काठमाडौं । टेस्लाका मालिक तथा सीईओ इलन मस्क अमेरिकी राजनीतिमा सक्रिए भएसँगै उनको कम्पनीको भने बेहाल हुँदै गएको छ ।

मस्कले राजनीति मार्फत धमाधम युरोपलाई असर पार्ने निर्णय गराउन थाल्दा युरोपमा टेस्लाको बिक्रीमा भने उच्च गिरावट आएको हो ।

गत जनवरीमा पनि झण्डै ६० प्रतिशतले गिरावट आएको टेस्लाको कार बिक्रीको खराब दिन रोकिने छाँटकाँट छैन । युरोपको सबैभन्दा ठूलो बजार जर्मनीमा लगभग सेल्स कोल्याप्स भएको छ ।

सन् २०२४ को फेब्रुअरीमा ६ हजार ३८ युनिट टेस्लाका कार बिक्री भएको जर्मनीमा गत फेब्रुअरीमा केबल १ हजार ४२९ युनिट कार बिक्री भयो । जुन अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतले गिरावट हो ।

त्यस्तै नेदरल्याण्ड र पोर्चुगल क्रमशः ३४ र ४५ प्रतिशतले बिक्रीमा गिरावट आएको छ । पूरै युरोपमा बेलयातमा मात्रै टेस्लाको बिक्रीमा बढोत्तरी भएको देखिन्छ । वेलायतमा ७.७ प्रतिशतले बिक्री बढेको हो । अघिल्लो वर्ष फेब्रुअरीमा ३ हजार १९२ युनिट कार बिक्री भएको बेलायतमा यस फेब्रुअरीमा टेस्लाले ३ हजार ८५१ युनिट कार बिक्री गर्न सफल भएको हो ।

फ्रन्समा ४४.४ प्रतिशतले बिक्री गुमाउँदा नर्वेमा पनि ४५.३ प्रतिशतले बिक्री गिरावट आएको हो । स्पेनमा ४४.४ प्रतिशत, स्विडेनमा ४३.९ प्रतिशत र डेनमार्कमा ४८.१ प्रतिशतले बिक्री घटेको छ ।


Back_to_top