काठमाडौं । डोङफेङ नामीको ह्याचव्याक कारले नेपालमा बिक्री सुरु गरेको छोटो समयमा नै ५०० युनिट आयात पुरा गरेको छ । एमएडब्लू वृद्धि आधिकारीक बितरक रहेको नामीको ह्याचव्याकले राम्रो सफलता पाएको हो ।
ग्ल्यामर र अत्याधुनिक प्रविधि मिश्रित नामी लन्चले बजारमा राम्रै चर्चा पाएको थियो । भाइब्रेन्ट डिजाइन, अत्याधुनिक सुविधाहरू र प्रिमियम अपील प्रदर्शन गरेको छ ।
नाडा अटो शो २०२४ मा बुकिङ खुला भएको ७२० भन्दा बढी बुकिङ भएको कम्पनीको भनाइ छ । भविष्य केन्द्रित डिजाइन, आधुनिक फिचर जस्ता कारण यसमा धेरैको ध्यान केन्द्रित भएको हो ।
यसमा फ्रेमलेस डोर, मेमोरी सिट, फ्लश डोर ह्यान्डल, लेभल २ एडास फिचर पाउन सकिन्छ । १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम लगायतका फिचर रहेको नामी ह्याचव्याकमा ७० किलोवाटको मोटर पाउन सकिन्छ ।


