अन्डर विलिङ र राजस्व चोरी केसः टेस्लाको डकुमेन्ट माग्यो भन्सार विभागले

काठमाडौं । भन्सार विभागले टेस्ला गाडी आयातको क्रममा पेश भएका सम्पूर्ण डकुमेन्ट भन्सार कार्यालयबाट मगाएको छ । अन्डर विलिङ गरि राजस्व छलि गरेको विषय बाहिर आएपछि विभागले कागजपत्र मगाएको हो ।

भन्सार जाँच पास भएर आइसकेको गाडी अन्डर विलिङ भएको समाचारहरु प्रकाशन भएपछि विभागले सक्रियता बढाएको हो ।

‘हामीले भन्सार कार्यालयबाट टेस्लाका सबै डकुमेन्ट मगाएका छौं । सबै डकुमेन्ट आएपछि अनुसन्धान थाल्छौ’, विभागका सूचना अधिकारी शिशिर घिमिरेले मेरोअटोसँग भने ।

घिमिरेका अनुसार डकुमेन्ट आएपछि अनुसन्धान अगाडी बढ्ने छ । साउथ चाइना एक्जीम लिमिटेडबाट नेपालको लागि अरेटी इन्टरनेशनलले ३ वटा नयाँ टेस्ला थ्री कार ल्याएको थियो । उक्त कारहरु भन्सार जाँच पासगर्दा ३५ हजार डलरमा किनेर ल्याएको उल्लेख छ ।

टेस्लाको मोडल थ्री अल ह्वील ड्राइभ कार विश्व बजारमा ४९ हजारदेखि ५६ हजार डलरसम्ममा बिक्री वितरण हुँदै आएको छ । यस्तोमा नेपाल आएको टेस्लको मूल्य ३५ हजार डलर मात्रै उल्लेख भएर आएको देखिएको छ ।

नेपाल सरकारले अन्तःशुल्क गाडीमा प्रयोग भएको मोटर क्षमताको आधारमा लगाएकोले अरेटी इन्टरनेशनलले मोटर क्षमता पनि झुक्काएको छ । उसले अगाडी ह्वीलमा प्रयोग गरिएको १४७ किलोवाट क्षमताको मोटर मात्रै देखाएको छ । जव कि यसमा पछाडि २११ किलोवाट क्षमताको मोटर दिइएको छ । यी दुबै मोटरको संयूक्त क्षमता ३५८ किलोवाट हुन्छ ।

याे पनि पढ्नुहाेस् : अन्तःशुल्क छलेर ल्याइएको टेस्लाले ग्राहक ठग्ने पक्का

अन्डर विलिङमा गाडी आयात ! एउटै गाडीमा ३८ लाख ३६ हजार राजस्व चोरी

 

 


Back_to_top