महिन्द्रा थारकाे इलेक्ट्रीक भर्सन भोलि बाहिर आउने

काठमाडौं । महिन्द्राको बहुचर्चित लाइफ स्टाइल अफरोड एसयूभी थारको इलेक्ट्रीक भर्सन भोलि दक्षिण अफ्रिकाको राजधानी केपटाउनमा सार्वजनिक हुँदैछ । यसअघि आएको महिन्द्रा थार भारत बाहेक अन्य देशमा बिक्री गर्न नसक्दा कम्पनीले थारको इलेक्ट्रीक भर्सन दक्षिण अफ्रिकाबाट सार्वजनिक गर्न लागेको हो ।

जीपसँग गरेको सम्झौता अनुसार उत्पादन नगरेको भन्दै जीपले भारत बाहिर थारको बिक्री बन्द गराएको थियो । जीपले हालेको मुद्दाकै कारण थार अन्य देशमा बिक्री हुन पाएको थिएन । यहि मुद्दाको कारण महिन्द्रा थार नेपाल समेत आउन पाएको छैन ।

महिन्द्राले अन्य देशमा निर्यात गर्ने सन्देशसहित घोषणा गर्ने थलो नै साउथ अफ्रिका छनोट गरेको विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् । उसो त साउथ अफ्रिकामा महिन्द्राका गाडी निकै राम्रो संख्यामा बिक्री हुँदै आएको छ ।

महिन्द्राले बाहिर ल्याएको टिजरका अनुसार नयाँ थार इलेक्ट्रीक अहिलेको थार र जीपको विलीस सीजे मोडलभन्दा फरक डिजाइन हुनेछ । बाहिर आएको टिजर इमेजका अनुसार थार.ईमा स्क्वायर एलइडी हेडलाइट, लो एङ्गलको रेक्ट्रयाङ्गुलर व्ल्याक ग्रिलमा थार.ई इम्बोस्ड गरेको देखिन्छ ।

कम्पनीले थार इलेक्ट्रीकको विषयमा अन्य कुनै जानकारी बाहिर ल्याएको छैन । तथापि, थारईको डिजाइनमा रगेड अपिलका साथै हाइटेक इम्प्रेसन दिने विश्वास गरिएको छ ।

महिन्द्राले यसको अझै धेरै कुरा बाहिर ल्याउन बाँकी रहेको छ । जस्तो कि यसको ह्वील आर्क स्क्वायर सेपमा आउछ वा राउण्ड सेपमा, साथै यो एसयूभी थ्री डोर हुने हो वा फाइभ डोर अहिलेसम्म केही बताइएको छैन ।


Back_to_top