काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ।
एक कार्यक्रमका बीच दूतावासका प्रतिनिधिले फोटोन ईभी भ्यान अस्पताललाई हस्तान्तरण गरेका हुन्।
चिनियाँ दूतावासका अनुसार ‘सुखी समुदाय’ परियोजना अन्तर्गत चीनले उक्त सवारी अस्पताललाई हस्तान्तरण गरेको हो।
चिनियाँ राजदूत छन सङले यो सानो सहयोगबाट अस्पतालको सेवा प्रवाह तथा समग्र स्वास्थ्य सेवाको सुधार गर्न सहयोग पुग्ने बताए। साथै उनले नेपाललाई सहयोग गर्न तत्पर रहेको समेत बताए ।

