पेट्रोलमा २० र डिजेलमा २८ रूपैयाँ घटाउने तयारीमा सरकार

काठमाडौं । सरकारले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य घटाउने तयारी गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

आजै राती १२ बजेदेखि नै मूल्य समायोजन गर्ने निगमले तयारी गरेको हो ।

यस विषयमा घोषणा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले आज दिउँसो साँढे १२ बजे पत्रकार सम्मेलन आयोजना गर्दै छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारलाई पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको करमा ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो ।


Back_to_top