नेपालमा बजाज मोटरसाइकलको उत्पादन तत्काल सुरु नगर्ने, यस्ता छन् कारण

काठमाडौं । बजाजले विगत लामो समयदेखि आफ्नो पल्सर सिरिज र डिस्कभरको उत्पादनमा नेपालमा नै गर्दै आएको भएपनि लकडाउनको कारण बन्द भएको उद्योगबाट तत्काल उत्पादन सुरु नहुने भएको छ ।

कम्पनीले बजाज पल्सर १२५, १५०, २२० एफ, पल्सर एनएस १६०, एनएस २०० र डिस्कभर जस्ता मोडल नेपालमा नै एसेम्बल गर्दै आएको छ । तर, लकडाउनको कारण उत्पादन बन्द भएको यस उद्योगले तत्काल उत्पादन सुरु नगर्ने भएको हो ।

‘नेपालमा मोटरसाइकल उतपादन उद्योगलाई सरकारले आवश्यक उद्योगको सूचीमा नराखेकाले उत्पादन संभव छैन’, हुलास अटोक्राफ्टका एमडी शेखर गोल्छाले मेरोअटोसँग भने ।

गोल्छाका अनुसार मोटरसाइकल मात्र उत्पादन गरेर पनि भएन । बजारमा शोरुम खुल्ला छैन भने आवश्यक पार्ट पुर्जा ल्याउन सक्ने अवस्थापनि छैन । यस्तो अवस्थामा उत्पादन गर्नु झनै कठिन हुन्छ ।

उसो त नेपालमा एसेम्बल हुने बजाज मात्रै ठूलो ब्राण्ड हो यस्तोमा उद्योग संचालन नहुँदा कम्पनीको हजारौको संख्यामा हुने उत्पादन बन्द अवस्थामा रहेको छ ।

भारतमा सबै मोटरसाइकल तथा कार उत्पादन गर्ने कम्पनीहरुको उत्पादन सुचारु भएको समयमा नेपालमा भएको एउटा मात्रै एसेम्बल प्लान्टमा पनि संचालनमा आउनने कानुनी आधार नहुनुले सरकारले अटो क्षेत्र प्रति गम्भिर भएर सोच्न नसकेको प्रस्ट हुन्छ ।


Back_to_top