नेपालमा पाइने तीन प्रिमियम इलेक्ट्रीक स्कुटर, यस्तो छ रेन्ज र मूल्य

काठमाडौं । नेपालमा इलेक्ट्रीक स्कुटहरू भित्रने क्रम जारी नै छ । नेपालमा च्याउ झैं उपलब्ध स्कुटहरूमा प्रिमियम इलेक्ट्रीक स्कुटरकाे  उपलब्धता पनि बढ्दो छ ।

नेपालमा हाल ५० भन्दा धेरै ब्रान्डका इलेक्ट्रीक स्कुटहरू उपलब्ध भएका कारण ग्राहकलाई स्कुटर छनोट गर्न गाह्राे हुन सक्छ ।

यस्तोमा आज हामीले नेपाली बजारमा उपलब्ध तीन ब्रान्डका तीन प्रिमियम इलेक्ट्रीक स्कुटरको बारेमा चर्चा गरेका छाैं ।

१. एथर ४५० एक्स

नेपालमा हालै भित्रिएको भारतीय कम्पनीको इलेक्ट्रीक स्कुटर एथर प्रिमियम स्कुटर हो । वैद्य इनर्जीले ४ नेपाल भित्र्याएको एथर ४५० एक्सको दुई ब्याट्री भेरियन्टमा बिक्री गर्दै आएको छ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको ब्याट्री छ । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन् । यी दुई भेरियन्टको मूल्य क्रमशः ३ लाख ८५ हजार रुपैयाँ र ४ लाख २० हजार रुपैयाँ रहेको छ ।

एथर ‘४५० एक्स’ लाई सिंगल चार्जमा १०० किलोमिटरदेखि १४६ किलोमिटरसम्म गुडाउन सकिने छ । यसको टप स्पीड क्षमता ९० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दावी छ ।

२. सेगवे नाइवट ई १२५

आइहब प्रालिले नेपाली बजारमा बिक्री गर्दै आएको इलेक्ट्रीक स्कुटर ई १२५ प्रिमियम स्कुटर ३ लाख ९० हजार रुपैयाँ तोकेर ई १२५ बिक्री गर्दै आएको छ ।

यसमा २.४ किलोवाट क्षमताको मोटर रहेको छ । यसमा ७२ भोल्ट २७ एम्पीयर आवरको ब्याट्री उपलब्ध रहेको छ । यसलाई एक पटकको फुल चार्जमा १२० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

३. जिहो एई ८

सीएफ मोटोको आधिकारिक वितरक अन्ना इन्टरनेशनलले जिहो ब्रान्डको प्रिमियम इलेक्ट्रीक स्कुटर नेपाल बिक्री गर्दै आएको छ ।

एई-८ स्कुटरमा ५ किलोवाट क्षमताको लिक्वीड कुल्ड मोटर रहेको छ । यसमा ६९ भोल्ट ३२ एम्पियर आवर क्षमताको रिमुभएबल लिथियम आयोन डबल ब्याट्री अप्सन दिइएको छ । आइडियल कन्डिसनमा १६० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।


Back_to_top