नेपाल आउँदै तीन ब्राण्डका नयाँ स्कुटर

काठमाडौं । नेपाली बजारमा तीन ब्राण्डका नयाँ इलेक्ट्रीक स्कुटर भित्रने भएका छन् । बजाज, एथर र एम्पेरले नयाँ स्कुटर भित्र्याउने तयारी थालेका हुन् ।

बजाजले चेतक इलेक्ट्रीक स्कुटर, एथरको रिज्टा र एम्पेरको नेक्सस इलेम्ट्रीक स्कुटर नेपाली बजारमा भित्रिने भएका हुन् ।

यी तीनै स्कुटर आगामी साउ २१ गतेदेखि नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफेक्चरर्स एसोशियसन (नाइमा)ले आयोजना गर्ने नेपाल मोबिलिटी एक्स्पोसम्म सार्वजनिक हुने छन् ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले आफ्नो एकमात्र इलेक्ट्रीक स्कुटर चेतकका लागि नक्सालमा छुट्टै शोरुम र सर्भिस सेन्टर तयार पारिरहेको छ । कम्पनीले सम्भवतः असार महिना भित्रनै चेतकको बिक्री सुरू गर्नेछ । बजाजले यो स्कुटर ३ लाखभन्दा कम मूल्यमा बजारमा ल्याउने अनुमान गर्न सकिन्छ ।

त्यस्तै, एथर स्कुटरको आधिकारिक बिक्रेता कम्पनी एथर इनर्जिले रिज्टा नेपाल ल्याएर परीक्षणको काम सुरू गरेको छ । कम्पनीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एथर रिज्टा सार्वजनिक गर्ने तयारी थालेको छ ।

कम्पनीले यसअघि नै एथरको बुकिङ खुला गरिसकेको छ भने, यो स्कुटर एथर ४५० एक्सभन्दा कम मूल्यमा आउने छ । एथर रिज्टाको मूल्य ३ लाख रुपैयाँ हाराहारीमै आउने अनुमान गर्न सकिन्छ ।

त्यस्तै, एम्पेयर इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी केडिया अर्गनाइजेसन अन्तर्गतको केडिया इन्टरनेशनलले असारको दोस्रो सातादेखि नयाँ स्कुटरको बिक्री सुरू गर्ने तयारी थालेको हो । कम्पनीले ३ लाख २९ हजार ९०० रुपैयाँ तोकेर नेक्सस स्कुटरको सुरू गर्दैछ ।


Back_to_top