त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक पौने ७ घण्टा बन्द हुने भएको छ ।

विमानस्थलको धावनमार्गको छेउमा रहेको ट्याक्सीवे निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म दैनिक पौने ७ घण्टा बन्द हुने भएको हो ।

विमानस्थल कार्यालयका अनुसार आजदेखि राति ११ः४५ देखि बिहान ६ः३० बजेसम्म विमानस्थलको उडान तथा अवतरण बन्द हुनेछ । यसअघि दैनिक ५ घण्टा अर्थात् राति १ देखि ६ बजेसम्म बन्द हुँदै आएको थियो ।

विमानस्थलले जारी गरेको नोटाम अनुसार आजदेखी धावनमार्ग नजिकै ट्याक्सीवे ब्राभो, चार्ली, क्युबिक र रोमियो क्षेत्रमा निर्माण कार्य गरिनेछ । आगामी जेठ ४ गतेसम्म विमानस्थल संचालन पूर्णरूपमा बन्द रहने छ ।

विमानस्थल बन्द हुने समय लम्बिएसँगै एयरलाइन्स कम्पनीहरूलाई उडान अवतरणको तालिका अगाडि सार्न अनुरोध गरिएको छ ।


Back_to_top