काठमाडौं । गर्मियाममा हिमाली क्षेत्रमा घुम्नेहरूको लर्कोनै लाग्ने गर्छ । विशेषगरी गर्मीबाट छुटकारा पाउनकै लागी पनि मानिसहरूको रोजाइमा हिमाली एरिया प्रमुख गन्तव्य हुने गेरेको छ ।
धेरैजसो मानिसहरू आफ्नै सवारीसाधनमा यात्रा गर्न रुचाउँछन् । जसले यात्रालाइ यादगार बनाउन ठूलै भूमिका निर्वाह गर्दछ ।
यसरी यात्रागर्दा आफुलाई मन लागेको स्थानमा बस्दै हिमाली भेगको प्रकृतिलाइ नजिकबाट नियाल्ने अवसर प्रदान गर्छ ।
त्यसैले यात्रा गर्न निस्कनुपूर्व तपाईंको सवारीसाधनको अवस्था कस्तो छ भनेर जानकारी राख्नु एकदमै जरुरी हुन्छ । विशेषगरी यी कुरामा ध्यान दिनुहोस् ताकी तपाईंको यात्रा सुरक्षित होस् ।
टुल किट
लामो यात्रामा निस्कँदा सवारीसाधनमा लाग्ने औजार साथै राख्नु जरुरी हुन्छ, यसको मद्दतले तपाईंको सवारीमा आउन सक्ने स–साना समस्याहरू आपैmँले समाधान गर्न सक्नुहुन्छ ।
टायर चेक गर्नुहोस्
हिमाली तथा पहाडी यात्रामा निस्कँदा टायरमा निकै ध्यान दिनुपर्ने हुन्छ । कच्ची सडक चिसो र हिलो हुनेहुँदा तपाईंको यात्रामा टायरले ठूलो भूमिका निर्वाह गर्छ । टायरको गृप, हावा ठिकसँग चेक गर्नुहोस् ।
हेड लाइट
हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्दा कुहिरो (फग) समस्या हुन सक्छ । त्यसैले हेडलाइटको चेक गर्नु उपयुत्त हुन्छ ताकी बीच बाटोमा समस्या झेल्नु नपरोस् ।
टर्न इन्डिकेटर
घुमाउरा तथा साँघुरा समकहरूमा यात्रा गर्दा इन्डिकेटर प्रयोग महत्वपूर्ण हुने गर्छ । जसको प्रयोगले अगाडि र पछाडी रहेका सवारीसाधनले तपाईं कुन दिशामा जाँदै हुनुहुन्छ भन्ने जानकारी पाउने हुँदा दुर्घटना हुने सम्भावना कम हुन्छ ।
ब्रेक
हिमाली तथा पहाडी क्षेत्रका सडकहरूमा एकरुपता हँुदैन, यसकारण पनि तपाईंको सवारीको ब्रेक सही अवस्थामा हुनु जरुरी हुन्छ । ब्रेक सू राम्रोसँग चेक गर्नुस्, अवस्था हेरेर ब्रेक सू चेञ्ज नै गर्नु पनि उपयुक्त हुनसक्छ ।
वाइपर
यस्ता क्षेत्रमा कति बेला पानी पर्छ भन्ने अनुमान नै लगाउन सकिँदैन । वाइपर राम्रोसँग चेकजाँच गर्नुहोस्, जसले गर्दा पानी परिरहँदा पनि यात्रा जारी रहोस् ।
सावेल
यात्रामा निस्कनुअघि सावेल राख्न नबिर्सनुहोस् । पहाडी तथा हिमाली क्षेत्रमा पहिरो जानसक्ने तथा सडकमा हिलोको मात्रा अत्याधिक भएर सवारी फस्नसक्ने हुन्छ, जहाँ सावेल काम आउन सक्छ ।