काठमाडौं । चर सय सीसीभन्दा माथीका मोटरसाइकल अत्याधिक महंगो हुँदा यामाहाको स्पोर्ट बाइक आर–१५ भी ३ मा दिइएको १५५ सीसीको इन्जिन नेपाली बजारको लागि उपयुक्त र सस्तो हुन सक्छ ।
कम्पनीले यस बाइकमा तेस्रो पटक मुख्य परिर्वतन गरि भारतीय बजारमा सार्वजनिक गरिएको छ । सन् २००८ मा पहिलोपटक आएको यो स्पोर्ट बाइक निकै लोकप्रिय वाइकमा परेको बाइक हो ।
नेपाली बजारमा भदौको अन्तिममा हुने नाडा अटोमा ल्याउने प्रयास भइरहेको यामाहाको नेपालको लागि आधिकारीक वितरक एमएडब्लुले जनाएको छ ।
नेपाली बजारमा पनि निकै धेरै रुचाइएको यो वाईकले दक्षिण एसियाली बजारमा मोटर साईकलको परिभाष नै परिर्वतन गरेको मान्नेहरु समेत पाइन्छन् ।
तेस्रो संस्करणमा आईपुग्दा वाइकको बाहिरी डिजाइनमा निकै परिर्वतन गरिएको छ । भी ३ मा आइपुग्दा बाइकको परर्फरमेन्समा समेत निकै सुधार गरिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
यसमा प्रयोग भएको सिटसमेत निकै आरामदायी र ओभरअल चालकलाई संन्तुष्ट गर्ने रहेको जनाइएको छ ।
यस्ता छन् फिचर
यामाहा आर१५ भी३ वाइक १५५.१ सिसि फ्युल इन्जेक्ट इन्जिनको प्रयोग गरिएको छ । १५५ सीसीमात्रै क्षमता भएकाले नेपालको बजेटले बढाएको अन्तशुल्कको असर यो बाइकमा धेरै पर्ने छैन ।
यसले म्याक्सीमम् पावर आउटपुट १९.०४ बिपिएच मा १०००० आरपीएम गर्छ । त्यस्तै टर्क आउट पुटमा १४.७ एनएम टर्कबाट ८५०० आरपीएम शक्ति प्रदान गर्छ ।
यो वाईकले टप स्पिड १४४ किलोमिटर प्रति घन्टाको दरले गति प्रदान गर्न सक्छ । यसमा एलइडी हेड ल्याम्प, अपसाइड डाउन फ्रन्ट फोर्कलगायतका फिचर रहेका छन् ।६ स्पिड म्यानुयल गियर दिइएको यो वाइकले प्रतिलिटर ३५ देखि ४० किलोमिटरको दरले माइलेज दिने कम्पनीले जनाएको छ ।
३ कलर भेरियन्टमा आउन लागेको यो वाइक रातो, निलो र कालो कलरमा उपलब्ध हुन्छ । यसको नेपाली बजारमा मूल्य ४ लाखको हाराहारीमा पर्ने अनुमान गरिएको छ ।