काठमाडौं । एसियाको सबभन्दा सानो मुलुक ब्रुनार्इका सुल्तान हसनल बोल्कियाक सवारी साधनको शौखिन शासकमा पर्छन् । उनिसँग विश्वमा बनेको लग्जरी ब्रान्डका प्रायः सबै कारहरु रहेका छन् ।
रोचक त के छ भने उनीसँग भएका कुनैपनि कार १ वा २ वटा होइन दर्जनौ रहेका छन् । उनि र उनको परिवारसँग रोल्स रोयल्सका ६०४ वटा, मर्सडिज बेन्जका ५७४ वटा, फरारीका ४५२ वटा, बेन्टेका ३८२ वटा, बिएमडब्लुका २०९ वटा, जागुवारका १७९ वटा, कोर्इनीगेगका १३४ वटा, लेम्बोरगीनीका २१ वटा तथा एस्टन मार्टिनका ११ वटा कारहरू रहेका छन् ।
उनले करिब ७ हजार वटा कार कलेक्सन गरेर राखेको अनुमान गरिएको छ । यतिसम्मकी उनको इच्छा अनुसार कार निर्माता कम्पनीले उनको इच्छा अनुसार कारलाई मोडिफाई गर्ने गरेका छन् ।
उनको एउटा अच्चमको बानि छ, उनि आफूलार्इ कुनै मोडलको कार मन पर्यो भने उनी सोहि मोडल र रङको दर्जनौ कार आफ्ना परिवारका सबै सदस्यहरूलार्इ खरिद गर्ने गर्छन् ।
कत्रो छ ग्यारेज
यति धेरै कार राख्न कत्रो ग्यारेजको आवस्यकता पर्छ, यो प्रश्न उठ्नु स्वभाबिक हो । उनको ग्यारेजमा एकैपल्ट ५ वटा ठूला जहाज राख्न सकिने वा १० बटा ठूला फूटबल ग्राउन्ड बनाउन मिल्ने सार्इजको छ । यो ग्यारेज विश्वकै सबैभन्दा ठूलो ब्यक्तिगत ग्यारेज हो । उनको ग्यारेजबाट कतिपय गाडी बाहिर निकाल्न डेढ घन्टासम्म लाग्ने गर्छ । उनको कलेक्सनमा रहेका सात उत्कृष्ट कारहरु यस्ता रहेका छन् ।
१. ब्रुनाईको सुल्तानको विशेष अनुरोधमा रोल्स रोयल्स कम्पनीले पोर्शको साथमा विशेष कार डिजाइन गरेर सुल्तानलाई दिएको थियो । यो गाडी हाल लन्डनमा रहेको छ । बेलायतमा बस्दा उनले यो कारको प्रयोग गर्ने गरेका छन् । यसको प्लेटमा सिर्इएक्सआर्इ लेखिएको छ ।
२. सामान्यतया बेन्टलेले एसयूवी बनाउदैन तर, सुल्तानका लागि विशेष एसयूभी ‘डोमिनिटर’ निर्माण गरेको थियो । कम्पनीले सुल्तानको लागि ६ वटा यस्ता गाडी बनाएको थियो । तर, दुर्भाग्यवस यसको विशेषता र फोटोहरु पाउन मुस्किल रहेको छ ।
३. यो रोल्स रॉयल्सको संग्रहमा सबैभन्दा महंगो कारहरु मध्ये एक हो। यसमा २४ क्यारेट सुनको जलप लगाईएको छ । तर, कति परिमाणमा सुन लगाईएको छ त्योभने खुलाइएको छैन । कार लगभग १५ मिलियन डलर बराबर मूलयको रहेको अनुमान गरिएको छ । यो कार सुल्तानकी छोरीले विवाहको दिन समारोहस्थलमा जाँदा प्रयोग गरेकी थिइन्।
४. सर्वसाधारणको लागि बनाईएको सबै फेरारी एफ–४०मा बायाँ हाते ड्राइभिङ्ग सिस्टम हुन्छ । सुल्तानले आफ्नो संग्रहकोलागि सात देखि दस वटा दायाँहाते ड्राइभिङ्ग संस्करण बनाउन अडर दिएका थिए। यो कार सुल्तानको स्वामित्वमा नै रहेको तर, हाल वेलायतमा रहेको छ।
५. यो कार बिएमडब्लुको कन्सेप्ट कार हो तर, सुल्तानले अनुरोध गरेपछि उनको लागि एउटा कार बनाइएको थियो । बीएमडब्ल्यूको दुर्लभ मोडलमा पर्ने यो कार कस्तो छ भन्ने बिषयपनि रहस्यको गर्वमै रहेको छ। यसको विशेषता बारेमा कुनै विवरण छैन ।
६. ‘एफआईए जीटी’ च्याम्पियनशिप रेशको लागि डिजाइन गरिएको दुर्लभ कार हो । उनको संग्रहको लागि सुल्तानले आदेश दिएकोले यो कार संसारमा एकमात्र दाहिने हात ड्राइभिङ्गमा रहेको कार हो । जसले यसलाई वास्तवमै स्पेशल बनाएको छ।
७. यो १९३४ मा निर्मित रोल्स रोयस भारतको राजकोट शहरका महाराजा धर्मेन्द्र सिंहजी लखजीराजको हो । यसलाई विश्वकै सबैभन्दा महँगो रोल्स रोयस कार मानिन्छ । त्यतिबेला यसको मूल्य १४ मिलियन डलरको थियो। सुल्तानले यसलाई लिलामीमा किनेका थिए । यसले लिलामीको समयमा सबैभन्दा महंगोमा बिकेको कारको लागि विश्व रेकर्ड कायम गरेको थियो ।
माथि चर्चा गरिएका बाहेक पनि अन्य धेरै कारका मोडल तथा डिजार्इनहरू उनको कलेक्शनमा रहेका छन् ।