ट्याक्सीले दुःख दियो ? यो मोवाइल नम्बरमा कल गर्नुस्, तुरून्तै कारर्वाही

काठमाडौं । ट्याक्सी संचालनलाई ब्यबस्थित बनाउन यातायात ब्यवस्था बिभागले कडा कदम चाल्ने संकेत दिएको छ । आज एक सूचना जारी गर्दै बिभागले कुनै ट्याक्सी चालकले मिटरमा जान मानेन वा दुरी हेरेर जान मानेन भने तुरुन्तै फोन गर्न आग्रह गरेको छ । 

काठमाडौं उपत्यका भित्र संचालित मिटर जडीत ट्याक्सीको प्रयोगगर्दा चालकले दुःखदिने र मिटरमा जान नमान्य जस्ता कार्य गरेमा बिभागको मोवाइल नम्बर ९८५१२७३२२२ मा फोन गर्न वा एसएमएस गर्न बिभागले आग्रह गरेको छ । 

यदि बिभागको नम्बरमा सम्पर्क नभए ट्राफिक प्रहरीमा खबर गर्न सूचनामा अनुरोध गरिएको छ । 

बिभागले भनेको ठाँउमा जान नमाने, मिटरमा जाननमाने, ट्याक्सी स्ट्यान्डमा चालक सिटमा नबसी लामो समय रोकेर राख्ने र गन्तब्यमा जान लाग्ने शुल्क अस्वभाबिक उठाउनेजस्ता कार्यभएमा तुरुन्त फोन गर्न भनिएको छ । 


Back_to_top