काठमाडौं । टाटा मोटर्स भारतको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी हो । गत आर्थिक वर्षमा प्यासेन्जर भेइकलमा सकरात्मक वृद्धि हासिल गरेको कम्पनीले इलेक्ट्रीक तथा हाइब्रिड कारको समस्या समाधानका लागि प्राविधिक क्षेत्रलाई विस्तार गर्ने घोषणा गरेको छ ।
प्राविधिक क्षेत्रको विस्तार गर्दै टाटा मोर्टसले इलेक्ट्रीक बिजनेसलाई बढवा दिने भएको हो । कम्पनीले हालै फास्ट चार्ज, इफिसेन्सी र फास्टर एक्सलेरेशनको विशेषता भएको ३२० भोल्टको ब्याट्री निर्माण गरेको छ । यो ब्याट्रीबाट एक पटक चार्जगरेपछि ३०० किलोमिटरसम्म सवारी साधन चलाउँन सकिने कम्पनीले जनाएको छ ।
टाटा मोटर्सले हाल इलेक्ट्रिक भेकल्स टियागो र टिगोर मोडलमा मात्रै काम गरिरहेको छ । कम्पनीले निर्माण गरेको इभिएस ब्याट्रीको माग विश्वरभर बढिरहेको जनाएको छ ।
कम्पनीले अगामी दशकको अन्त्यसम्ममा अन्य इलेक्ट्रीक भेकल्सलाई मध्यनजर गर्दै इभीएस ब्याट्री निर्माणमा लगानी बढाएको जनाएको छ ।
अन्तर्राष्ट्रिय अटो निर्माता कम्पनीद्धारा उत्पादित इलेक्ट्रीक मोडलमा जेनरेशन एक्स ३ लाई ध्यानमा राख्दै बिएमडब्ल्युको आइएक्स थ्रि जस्ता इलेक्ट्रीक इन्जिनको प्रयोग गरिएको छ ।
टाटा मोर्टसले ओमेगा र अल्फा जस्ता प्लाटर्फममा इलेक्ट्रीक र कम्बुसन इन्जिनको प्रयोग गरिएको छ । टाटा मोटर्सले कमर्सियल क्षेत्रलाई पनि ध्यान दिएर आगामी दिनमा इलेक्ट्रीक गाडी उत्पादनलाई महत्व दिने छ ।
कम्पनीले आइरिस, एसिइ जस्ता साना इलेक्ट्रीक मोडललाई ध्यानमा राख्दै हाइब्रिड र इलेक्ट्रीक इन्जिन निर्माण गर्ने योजना बनाएको छ । यसका साथै टाटा मोटर्सले बसका लागि वैकल्पिक इन्धनको व्यवस्था गर्ने योजना बनाएको छ ।
कम्पनीले आउँदै गरेको मोडल एचएक्स–५मा इलेक्ट्रीक र ग्यासोलिन दुबै इन्जिनको प्रयोग गर्ने जनाएको छ ।

