काठमाडौं । महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले रजनीकान्तको नयाँ फिल्म ‘काला करिकालन’ को निर्माणपक्षलाई टुृइट गरेर एक अनुरोध गरेका थिए । उक्त चलचित्रमा रजनीकान्तले मुख्य भूमिका निर्वाह गरेका छन् ।
आनन्द महिन्द्राले ‘थार’ उक्त फिल्ममा प्रयोग गर्न दिएका थिए र पछि थारलाई कम्पनीको ओटो संग्रहालयमा राख्ने जनाएका थिए । निर्माता धनुषले उक्त चलचित्रको सुटिङ सकिएपछि कम्पनीलाई नै फिर्ता दिने कुरा टुईटमार्फत जानकारी गराएका थिए ।
निर्माण पक्षले उक्त थार फिर्ता गरेको विहिबार आनन्द महिन्द्राले पुनः टुईट बाटै जानकारी दिएका छन् ।
उक्त थार फिर्ता भएको र अब चेन्नई स्थित रिसर्च सेन्टरमा राखिएको छ । ट्वीटको साथमा महिन्द्राले चेन्नई महिन्द्रा टीमको एक भिडियो समेत शेयर गरेका छन्, जहाँ टीमका वर्कर महिन्द्रा थारसँग सुपरस्टार फिभर मनाउँदैछन् ।
महिद्रा थारमा २.५ लीटर सीआरडी इन्जिन दिइएको छ, जसले ३८०० आरपीएममा १०५ बीएचपी पावर र २००० आरपीएममा २७४ एनएम टर्क उत्पादन गर्छ ।
आनन्द महिन्द्राले विशेष वा यादगार गाडी ओटो संग्रहालयमा राख्ने गरेको यो पहिलो पटक भने होइन । केही समय अघिपनि, महिन्द्राले आफ्नो शोरूममा केरलको रिक्शा चालकबाट रिक्शा खरिद गरि राखेका थिए । उनले रिक्शा लिनुमा रिक्शाको पछाडी महिन्द्रा स्कॉर्पियो जस्तै देखिनेगरि मॉडिफाइ गरिएको थियो ।
महिन्द्राले उक्त रिक्शा मालिकलाई रिक्शाको बदलामा महिंद्रा सुपर्रो मिनी ट्रक प्रदान गरेका थिए ।
हालसम्म महिन्द्राको यो संग्रालय सर्वसाधारण लाई खुल्ला गरिएको छैन तर, अब चाडै नै महिन्द्राको कान्दीवली कारखानामा रहेको यो संग्रालय खुल्ला हुने बताईएको छ ।