मे महिनाको बिक्रीमा होन्डा डियो भयो टप-१० बाट आउट, कसको बिक्री कति ?

हिरो स्प्लेन्डर बिक्रीको हिसाबले पहिलो स्थानमा उक्लेको छ । होन्डा एक्टीभालाई पछि पार्दै स्प्लेन्डर पहिलो स्थानमा उक्लिएको हो । 

गएको २ बर्षमा दोस्रो पटक हिरो स्प्लेन्डर शिर्ष १० मा पहिलो स्थानमा परेको हो । हिरो मोटो कर्पद्धारा उत्पादित हिरो स्प्लेन्डर मे महिनामा २ लाख ८० हजार ७६३ वटा बिक्री भएको इन्डियन अटोमोवाइल म्यानुफ्याक्चरर्सले जनाएको छ । 

दोस्रो स्थानमा रहेको एक्टीभा २ लाख ७२ हजार ४७५ यूनिट बिक्री भएको जनाइएको छ । सन् २०१६ जनवरीदेखि  होन्डा एक्टीभा पहिलो स्थानमा रहदै आएको थियो ।

स्प्लेन्डर सहित शिर्श १० मा हिरो मोटर कर्पद्धारा उत्पादित एच एफ डिलक्स,  प्यासन र ग्ल्यामर बाइकहरु क्रमशः तेस्रो, पाचौं र सातौं स्थानमा रहेका छन् । 

त्यस्तै होण्डा मोटर्स इन्डियाको उत्पादन एक्टीभा स्कुटर  र सिबी साईन दोस्रो र चौथो स्थानमा रहेका छन् । बजाज मोटर्सका पल्सर र सिटी मोडल क्रमश ८औ र ९ औ स्थानमा रहेका छन् ।

पल्सर पहिलो पटक एकै महिनामा ७० हजार बिक्री गरेर नयाँ रेकर्ड बनाएको छ । कम्पनीले अहिलेसम्म एउटै महिनामा यतीसंख्यामा बाइक बिक्री गर्न सकेको थिएन । 

यी हुन् सर्वाधिक बिक्री हुने १० मोडल

स्थान

मोडल

बिक्री २०१७ मे

मोडल

बिक्री २०१८ मे

होन्डा एक्टीभा

२८२४७८

हीरो
स्प्लेन्डर

२८०७६३

हीरो
स्प्लेन्डर

२३५८५२

होन्डा एक्टीभा

२७२४७५

हीरो एच एफ
डिलक्स

१४०७६९

हीरो एच एफ
डिलक्स

१८४१३१

हीरो प्यासन

८९३९१

होन्डा सीबी साईन

९९८१२

सीबी साईन

८६६००

हीरो प्यासन

९६३८९

टीभीएस एक्सएल
सुपर

७०२५३

टीभीएस एक्सएल
सुपर

७३०६७

हीरो ग्ल्यामर

६७५१५

हीरो ग्ल्यामर

७२१०२

टीभीएस जुपीटर

५७८६८

बजाज पल्सार

७००५६

बजाज पल्सार

५०००९

बजाज सीटी

६४६२२

१०

होन्डा डियो

४१३०३

टीभीएस जुपीटर

५८०९८

सर्वाधिक १० भित्र टिभीएसको एसएल सुपर र जुपिटर स्कुटर छैठौ र दशौं स्थानमा पर्न सफल भएका छन् । 

धेरै बिक्री हुने सूचीबाट होन्डा डियो भने बाहिरिएको छ । डियो सर्वाधिक बिक्री हुने १० को सूचीमा अटाउन सकेन । 


Back_to_top