मे महिनाको बिक्रीमा होन्डा डियो भयो टप-१० बाट आउट, कसको बिक्री कति ?

हिरो स्प्लेन्डर बिक्रीको हिसाबले पहिलो स्थानमा उक्लेको छ । होन्डा एक्टीभालाई पछि पार्दै स्प्लेन्डर पहिलो स्थानमा उक्लिएको हो । 

गएको २ बर्षमा दोस्रो पटक हिरो स्प्लेन्डर शिर्ष १० मा पहिलो स्थानमा परेको हो । हिरो मोटो कर्पद्धारा उत्पादित हिरो स्प्लेन्डर मे महिनामा २ लाख ८० हजार ७६३ वटा बिक्री भएको इन्डियन अटोमोवाइल म्यानुफ्याक्चरर्सले जनाएको छ । 

दोस्रो स्थानमा रहेको एक्टीभा २ लाख ७२ हजार ४७५ यूनिट बिक्री भएको जनाइएको छ । सन् २०१६ जनवरीदेखि  होन्डा एक्टीभा पहिलो स्थानमा रहदै आएको थियो ।

स्प्लेन्डर सहित शिर्श १० मा हिरो मोटर कर्पद्धारा उत्पादित एच एफ डिलक्स,  प्यासन र ग्ल्यामर बाइकहरु क्रमशः तेस्रो, पाचौं र सातौं स्थानमा रहेका छन् । 

त्यस्तै होण्डा मोटर्स इन्डियाको उत्पादन एक्टीभा स्कुटर  र सिबी साईन दोस्रो र चौथो स्थानमा रहेका छन् । बजाज मोटर्सका पल्सर र सिटी मोडल क्रमश ८औ र ९ औ स्थानमा रहेका छन् ।

पल्सर पहिलो पटक एकै महिनामा ७० हजार बिक्री गरेर नयाँ रेकर्ड बनाएको छ । कम्पनीले अहिलेसम्म एउटै महिनामा यतीसंख्यामा बाइक बिक्री गर्न सकेको थिएन । 

यी हुन् सर्वाधिक बिक्री हुने १० मोडल

स्थान

मोडल

बिक्री २०१७ मे

मोडल

बिक्री २०१८ मे

१

होन्डा एक्टीभा

२८२४७८

हीरो
स्प्लेन्डर

२८०७६३

२

हीरो
स्प्लेन्डर

२३५८५२

होन्डा एक्टीभा

२७२४७५

३

हीरो एच एफ
डिलक्स

१४०७६९

हीरो एच एफ
डिलक्स

१८४१३१

४

हीरो प्यासन

८९३९१

होन्डा सीबी साईन

९९८१२

५

सीबी साईन

८६६००

हीरो प्यासन

९६३८९

६

टीभीएस एक्सएल
सुपर

७०२५३

टीभीएस एक्सएल
सुपर

७३०६७

७

हीरो ग्ल्यामर

६७५१५

हीरो ग्ल्यामर

७२१०२

८

टीभीएस जुपीटर

५७८६८

बजाज पल्सार

७००५६

९

बजाज पल्सार

५०००९

बजाज सीटी

६४६२२

१०

होन्डा डियो

४१३०३

टीभीएस जुपीटर

५८०९८

सर्वाधिक १० भित्र टिभीएसको एसएल सुपर र जुपिटर स्कुटर छैठौ र दशौं स्थानमा पर्न सफल भएका छन् । 

धेरै बिक्री हुने सूचीबाट होन्डा डियो भने बाहिरिएको छ । डियो सर्वाधिक बिक्री हुने १० को सूचीमा अटाउन सकेन । 


Back_to_top