२०१८ मा भारतीय बजारमा सर्वाधिक बिक्री भएका १० स्कुटर

टु–ह्वीलरको लागि चर्चित भारतीय बजारमा पछिल्लो दिनमा मोटरसाइकलको तुलनामा सकुटरको बिक्री निकै बढ्दै गएको छ । 

नेपाली बजारमा सोत पछिल्लो दिनमा ३० प्रतिशत बजार हिस्सा मोटरसाइकलले ओगटीसकेको छ । गत आर्थिक वर्षमा १ लाख यूनिटभन्दा बढी युनिट स्कुटर नेपाली बजारमा बिक्री हुने गरेको छ । 

भारतीय बजारमा निर्मित सकुटर नेपाली बजारमा बिक्री हुने गरेकाले भारतमा २०१८मा सर्वाधिक बिक्री भएका १० स्कुटर यस्ता रहेका छन् ।  

होन्डा एक्टीभा 


होन्डाको एक्टीभा भारतमा सबैभन्दा धेरै बिक्री हुने स्कुटर हो । लगातार १७ वर्षसम्म भारतमा बजारको हिस्सा ओगट्न सफल हिरो स्प्लेन्डरलाई उछिन्दै एक्टीभा सर्वाधिक धेरै बिक्री हुने सवारीसाधन भएको हो । मासिक करिब २ लाख ८५ हजारको हाराहारीमा एक्टीभा बिक्री हुने गरेको छ ।  

होन्डाको एक्टीभा–५ जी र एक्टीभा–आईमा १०९.१९ सीसी क्षमताको सिङ्गल सिलिन्डर फोरस्ट्रोक इञ्जिनको प्रयोग गरिएको छ । यसले ८ बीएचपी पावरकासाथै ९ एनएम टर्क उत्पादन गर्ने गर्छ । होन्डा एक्टीभा–१२५ मा १२४.९ सीसीको मोटर लगाइएको छ । यसले ८.५२ बीएचपी पावरकासाथै १०.५४ एनएम टर्क उत्पादन गर्छ । दुबै इञ्जिनमा भी–म्याटिक ट्रान्समिसनको प्रयोग गरिएको छ । होन्डाका एक्टीभा–३ जी, एक्टीभा–१२५ तथा एक्टीभा–आई गरी तीन मोडल छन् । 

टीभीएस जुपिटर 


भारतीय बजारमा सर्वाधिक बिक्री हुने अर्काे मोडल हो, टीभीएसको जुपिटर । चार भेरियन्ट जुपिटर क्लासिक मोडल टप–रेञ्जमा परेको छ । क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी–कलर, डी–कल्स, इलिगेन्ट फूलक्रोम–मिरर, क्रोम–बास्केट, आकर्षक डिजाइन, स्मार्ट–यूएसबी चार्जरजस्ता फिचर रहेका छन् । 

चालकलाई आनन्ददायी यात्राको अनुभूति र स्पीड प्रदान गर्ने यो जुपिटर सडकमा समेत निकै आकर्षक देखिने कम्पनीको भनाई छ । ‘टीभीएस जुपिटर क्लासिक’ मा आल्मूनियम बडी–११० सीसी इञ्जिनबाट उच्चतम शक्ति उत्पन्न गर्छ, सुपेरियर एक्सीलेरेशन र निकै फ्यूल इफिसेन्सी रहेको छ । जुपिटरमा उपलब्ध १०९.७ सीसी क्षमताको सिङ्गल सिलिन्डर, एयरकुल्ड मोटरले ७.९ बीएचपी पावरकासाथै ८ एनएम टर्क उत्पादन गर्छ ।

सुजुकी एक्सेस–१२५ 


भारतमा सुजुकी मोटरसाइकलको १२५ सीसी एक्सेस स्कुटरको बजार हिस्सा राम्रै रहेको छ । सुजुकी एक्सेस–१२५ को स्पेसल एडिसनमा फरक कलर र लेदर सिट छ । सुजुकी एक्सेसमा एसओएचसी–२ भेल्भ इञ्जिनले ८.५ बीएचपी पावरकासाथै १०.२ एनएम टर्क उत्पादन गर्छ ।

सुजुकी एक्सेस १२५ सीसी पहिलेदेखि नै फिचर्स, लूक्स, माइलेज र पावरफूल पफर्मेन्सका लागि परिचित थियो । त्यही फिचरमा थप एबीएससहित एक्सेस–१२५ उपलब्ध भएको हो । यसले ६० किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

होन्डा डियो 


भारतीय बजारमा रुचाइएको अर्काे मोडल हो, होन्डा डियो । डियोमा एलईडी हेड–ल्याम्प र इक्वाइलेजर टेक्नोलोजीकासाथ कम्बी–ब्रेक सिस्टम रहेको छ । त्यस्तै, माइलेजका लागि ईको–टेक्नोलोजी, इञ्जिन, नयाँ इन्स्ट्रुमेन्ट प्यानल र ड्यूल–टोन कलरकासाथै स्पोर्टिङ्ग ग्राफिक्स रहेको छ । नयाँ युवापिढीहरूको आवश्यकतालाई ध्यानमा राख्दै यस स्कुटरमा चार्जिङ सकेट, बीएस–आईभी इमिसन र अटोमेटिक खुल्ने हेडल्याम्प रहेको होन्डाले जनाएको छ । 

यो स्कुटर विभिन्न पाँच रङ्गहरू भी–ब्रेन्ट–अरेञ्ज, पर्ल–स्पोटर्स यल्लो, स्पोटर्स–रेड, क्यान्डी जेजी–ब्लू र एक्सिस ग्रे–मेटालिक रङ्गमा उपलब्ध छ । कम्पनीले यसमा उपलब्ध १०९.१९ सीसीको इञ्जिनले ८ बीएचपी पावरकासाथै ९ एनएम टर्क उत्पादन गर्छ । नेपाली बजारमा पनि सर्वाधिक बिक्री हुने स्कुटर डियो नै हो ।  

हिरो मस्ट्रो–एज

हिरो मोटोकर्पद्वारा उत्पादित यो मोडलको बिक्री भारतीय बजारमा निकै राम्रो रहेको छ । युवापुस्तालाई मध्यनजर गर्दै निर्माण गरिएको यो स्कुटर भारतमा सर्वाधिक धेरै बिक्री हुने पाँचौ स्कुटर हो । यसमा ११०.९ सीसी क्षमताको इञ्जिनले ८ बीएचपी पावरकासाथै ८.७ एनएम टर्क उत्पादन गर्छ । 

होन्डा ग्राजिया


होन्डाले स्टाइलिस र पफर्मेन्स मन पराउने ग्राहकका लागि यो सेग्मेन्टकै आकर्षक फिचर र स्टाइल भएको स्कूटरको रुपमा ग्राजियालाई ल्याएको जनाएको छ । भर्रखरै मात्र बजारमा आएको भएपनि यो स्कुटर धेरै बिक्री हुने स्कुटरमा परिसकेको छ । 

अटोमेटिक एलईडी हेडलाइट भएको यो पहिलो स्कूटर हो । त्यसैगरी, थ्री–स्टेप ईको–स्पीड इन्डिकेटर छ, जसका कारण आवश्यकताअनुसारको स्पीड लिन सकिन्छ र माइलेज बढाउँछ । सिट–ओपन गर्नका लागि ‘फोर इन वान लक’ छ । त्यसैगरी, यसमा अल–डिजिटल इन्स्ट्रयूमेन्ट क्लस्टर र स्मार्टफोन चार्ज गर्न मिल्ने फ्रन्ट पकेटसमेत छ ।

होन्डाको एक्टीभामा प्रयोग गरिएको १२५ सीसी एयरकुल्ड फोरस्ट्रोक इञ्जिन नै यसमा पनि प्रयोग गरिएको छ । यसले ८.५२ बीएचपी पावर र १०.५४ एनएम टर्क प्रदान गर्छ । यसको ह्वील–बेस १,२६० एमएम छ । यो सेल्फ र किक दुवै तरिकाले स्टार्ट गर्न सकिन्छ । यो स्कुटर मासिक १९ हजार ४ सय ५० युनिट बिक्री हुने गरेको छ । 

यामाहा फेसिनो 


यामाहा कम्पनीद्वारा उत्पादित फेसिनो युवापुस्तामा निकै परिचित भएको छ । फेसिनोमा आधुनिक रेट्रो डिजाइन, प्लास्टिक बडी–वर्कलगायतका आकर्षक विशेषता दिइएको छ । 

होन्डा एक्टीभा, हिरो ड्यूट, होन्डा डिओलगायतका स्कुटरसँग प्रतिस्पर्धा गर्दैआएको यो मोडलमा ११३ सीसीको एयरकुल्ड इञ्जिन लगाइएको छ । यसले ७ बीएचपी पावरकासाथै ८.१ एनएम टर्क उत्पादन गर्छ । 

हिरो डू–एट 


यो स्कुटर भारतीय बजारमा मासिक रुपमा राम्रै बिक्री हुने स्कुटरमा पर्छ । यसमा एक्स–टर्नल फिलिङ क्याप, टेलेस्कोपिक फ्रन्ट–फर्क, मोबाइल चार्जिङ–बूट, बूट–लाइट, सेमि–डिजिटललगायतका विशेषता दिइएको छ । यसमा उपलब्ध ११०.९ सीसी क्षमताको इञ्जिनले ८ बीएचपी पावरकासाथै ८.७ एनएम टर्क उत्पादन गर्छ ।

टीभीएस एनटर्क–१२५


एनटर्क–१२५ निकै स्टाइलिस र दमदार पावरका लागि परिचित हुँदै गएको छ । यसको स्टाइल र स्पोर्टी लूक्सको कारण युवाहरूको रोजाईमा यसले प्रवेश पाएको छ । यो स्कूटर आफ्नो सेग्मेन्टमा एउटैमात्रै छ, जसमा ब्लू–टुथ इन्बेल्ड इन्ट्रुमेन्ट कल्स्टर दिइएको छ । यसको प्रयोग स्मार्टफोनको सहयोगले नेभिगेशनमा गर्न सकिन्छ । स्कूटरमा स्पोर्ट–मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । तीन ट्रीप मिटर, फ्यूल–लेवल, स्पीड, इञ्जिन टेम्परेचर, र घडीजस्ता फिचर्सहरू नर्मल मोडमा पाइन्छ । 

हेल्मेट लगाउन भुल्नेहरूलाई यसले स्टार्ट गर्नासाथ हेल्मेटको आईकन–डिस्प्लेमा देखिन्छ । त्यसैगरी, एन्कर–एपले पनि कामको धेरै सूचनाहरू दिने गर्छ । राइड रिपोर्ट जेनरेट भएपश्चात् दूरी (डिस्टेन्स), टाइम, ट्राफिकको टाइम, र पछिल्लोपटक स्कूटर पार्क गरेको स्थानजस्ता कुराहरूको जानकारी यस एपले दिने गर्छ । १२५ सीसी गियर–कोल्ड इञ्जिनमा आउने यो स्कूटरले ११.५ बीएचपी पावर दिन्छ । यसको टप–स्पीड क्षमता १०३ किलोमिटर प्रतिघन्टा रहेको छ ।

हिरो प्लेजर


हिरो प्लेजर निकै पुरानो स्कुटर हो । यसमा १०२ सीसी क्षमताको सिङ्गल सिलिन्डर इञ्जिन लगाइएको छ । जसले ६.९ बीएचपी पावरकासाथै ८.१ एनएम टर्क उत्पादन गर्छ । 


Back_to_top